फेन्सिङमा एपिएफलाई स्वर्ण

पोखरा ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार फेन्सिङको महिला टिम फोयलमा सशस्त्र प्रहरी बल (एपिएफ)ले स्वर्ण पदक जितेको छ । एपिएफले वागमतीलाई ४५–३६ अंकले पछि पार्दै स्वर्ण पदक जितेको हो । फेन्सिङमा एपिएफको यो दोस्रो स्वर्ण पदक हो ।
पोखरा रंगशालास्थित ब्याडमिन्टन कोर्टमा भएको फाईनल प्रतिस्पर्धामा वागमतीले रजत पदक प्राप्त गर्दा गण्डकी प्रदेश र आर्मीले कास्य पदकमा चित्त बुझाए । फेन्सिङको पदक तालिकामा वागमती प्रदेश शीर्ष स्थानमा छ । वागमतीले ४ स्वर्ण, २ रजतसहित ६ पदक जितेको छ । त्यसैगरी आर्मीले ३ स्वर्ण, ५ रजत र ७ कास्यसहित १५ पदक प्राप्त गरेको छ ।
सशस्त्र प्रहरी २ स्वर्ण, ३ रजत र ६ कास्यसहित ११ पदका साथ तेस्रो स्थानमा छ । सुदूरपश्चिम १ स्वर्ण, २ कास्यसहित ३ पदकसहित चौथो, प्रदेश १ ले ३ कास्यसहित पाँचौ र २ काश्य जितेको गण्डकी प्रदेश पदक तालिकाको पुछारमा छ ।








टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया