महिला भलिबलमा गण्डकीको विजयी सुरुआत

म्याग्दी ।
नवौं राष्ट्रिय खेलकुद अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा भएको महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई सोझो ३–० सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
भलिबलप्रेमी दर्शकको भिडका बीच भएको गण्डकीले सुदुरपश्चिम प्रदेशमाथि २५–१८, २५–०८, २५– २२ को जित निकालेको छ । गण्डकी प्रदेशको कप्तानी राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले गरेकी थिइन् भने सुदुरपश्चिम प्रदेशको कप्तानी बलारती जोशीले गरेकी थिइन् ।
महिला भलिबलमा सात प्रदेश ३ विभागीय नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टिमका खेलाडीको सहभागिता थियो । शुक्रबार महिला भलिबल अन्तर्गत ३ खेल हुँदै छन् । असोज २८ गते शुक्रबार बिहान ८ बजे समूह १ को शसस्त्र प्रहरी र कर्णाली प्रदेश, १० बजे समूह २ को बाग्मती र प्रदेश १ र २ बजे तेस्रो समूहको नेपाल पुलिस क्लब र लुम्बिनी बीच हुने महिला भलिबल प्रतियोगिताका संयोजक यामबहादुर गुरुङले जानकारी दिए ।
महिला भलिबल र तेक्वान्दोको जिल्ला खेलकुद विकास समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गरेका थिए । खेलाडीको स्वागतमा बेनी बजारमा बाजागाजा, झाँकीसहितको र्याली निकालिएको थियो ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया