खेलाडीलाई पाेखरा ९ काे जर्सी सहयाेग

पोखरा ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरामा भईरहेको विभिन्न खेलका सहभागि खेलाडीहरुलाई शुक्रबार जर्सी वितरण गरिएको छ । पोखरा महानगरपालिका वडा नं ९ ले आफ्ना वडाबाट प्रतियोगितामा सहभागि हुने खेलाडीहरुलाई जर्सी वितरण गरेको हो ।
जर्सी वितरण गर्दै वडा नं ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले वडामा रहेका खेलाडीको मनोबल बढाउनकालागि वडाद्धारा जर्सी प्रदान गरिएको बताए । ‘खेलाडीले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गर्नसक्छन्’ मर्सानीले भने । खेलाडीको रुपमा वडा नं ९ लाई चिनाउन सफल होस् भन्ने शु्भकामना दिदै मर्सानीले पदक विजेता वडाका खेलाडीलाई विजयी पदकका आधारमा जनही १० हजार, पाँच हजार र तीन हजार रुपैयाँका दरले वडाले नगद सम्मान गर्ने घोषणा समेत गरे ।
कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशीले वडा नं ९ ले उदायीमान खेलाडीहरुको हौसला बढाउने कार्य गरेको भन्दै साना होस् या ठुला हरेक खालका सम्मानले खेलाडीलाई खेलप्रति लगाव बढाउने बताए । संघका सचिव कृष्ण रानाभाटले वडा नं ९ को खेलाडी प्रोत्साहन कार्य प्रशंसानिय भएको बताए ।








ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया