डाउनहिलका दुवै स्वर्ण आर्मीलाई

पोखरा ।
गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार पोखरामा भएको साइक्लिङको डाउनहिल विधामा पुरुष र महिलात दुवैतर्फ नेपाल आर्मीका खेलाडी विजेता बनेका छन् । पुरुषतर्फ नेपाल आर्मीका राजेश मगरले १४ सय मिटरको डाउनहिल १ मिनेट ४९.१० सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका छन् ।
बागमती प्रदेशका निरभ श्रेष्ठले १ मिनेट ५२.१० सेकेन्डमा दूरी पूरा गर्दै रजत र एपिएफका प्रचित थापा मगरले १ मिनेट ५५.६९ सेकेन्डमा उक्त दूरी पार गरी कास्य पदक जिते । यता, महिलातर्फ पनि सोही दूरी नेपाल आर्मीकी निस्मा श्रेष्ठले २ मिनेट २३.५८ सेकेन्डमा पार गरेर स्वर्ण पदक पाइन् । रजत पदक पनि नेपाल आर्मीकै उसा खनालले जितिन् । खनालले २ मिनेट ३७.४५ सेकेन्डमा दूरी पूरा गरिन् । त्यस्तै २ मिनेट ४०.०९ सेकेन्डमा दूरी पूरा गर्दै गण्डकी प्रदेशकी जमुना थापाले कास्य पदक पाइन् ।
शनिबार भएको साइक्लिङको डाउनहिल विधामा नेपाल आर्मीले २ स्वर्ण, बागमती प्रदेश र नेपाल आर्मीले समान १ रजत, गण्डकी प्रदेश र एफिएफले १/१ कास्य पदक जित्न सफल भए । ७ प्रदेश र ३ विभागीय गरी १० क्षेत्रबाट प्रतिस्पर्धा रहने साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री, रोड रेस इन्डीभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट विधा छन् । आइतबार पोखराको ड्यामसाइड नजिक रानीवनको ट्रयाकमा क्रस कन्ट्री विधामा प्रतिस्पर्धा हुँदै छ ।








ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया