पौडीमा नासिरको नयाँ रेकर्ड

पोखरा ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबारदेखि पोखरामा सुरु भएको पौडी प्रतियोगीतामा नयाँ रेकर्ड कायम भएको छ । १३ औं सागमा १ हजार ५ सय मिटर फ्रि स्टाइलमा १७ मिनेट ४९.९५ सेकेन्ड लगाएका त्रिभुवन आर्मी क्लवका नासिर याहा हुसेनले शनिबार बिहान फिस्टेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगितामा १६ मिनेट ५०.२१ सेकेन्डमा दूरी पूरा गर्दै यस अघि रहेको आफ्नै रेकर्ड ब्रेक गरेका हुन् ।
एनआरएनका आशीष सापकोटाले १६ मिनेट ५७.९५ सेकेन्डमा पूरा गरेका थिए । १ हजार ५ सय फ्रि स्टाइलमा नासीरले स्वर्ण पदक जितेका छन् । शनिबार भएको २ सय मिटर पौडीमा त्रिभुवन आर्मी क्लबकै डुवाना लामाले २ मिनेट ३१.४६ सेकेन्डमा पूरा गर्दै यसअगाडि गौरीका सिहंको २ मिनेट ३२ सेकेन्डको कीर्तिमान तोडिन् ।
पौडी प्रतियोगितामा २ सय ३ जना खेलाडीले सहभागिता जनाएको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए । २ हजार ५ मिटर हिटदेखि १ हजार ५ सय मिटर हिटसम्म हुने कार्यक्रमको आइतबार बिहान ८ सय मिटर पौडी खेल प्रतियोगिताको फाइनल हुने बजाचार्यले बताए ।
नेपाल पौडी खेल संघका केन्द्रीय अध्यक्ष बज्राचार्यका अनुसार ४ स्ट्रोकमा २१ इभेन्ट हुने छन् । फ्रि स्टाइल, व्रेस्ट स्टोक, वटरफलाइ, वटरपलाई ब्याक स्टोक र आइ एम गरी समूहका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।









ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया