बुद्धिचाल खुलातर्फ आशिषको एकल अग्रता

गोरखा ।
गोरखामा जारी बुद्धिचाल प्रतियोगितामा खुलातर्फको क्लासिकल इभेन्टमा आशिष फुयाँलले एकल अग्रता कायम गरेका छन् । प्रतियोगिता अन्र्तगत क्लासिकल इभेन्टको पाँचौ चरणको खेल सम्पन्न हुँदा गैह्र आवासीय नेपाली संघ (एनआरएनए) का खेलाडी फुयाँलले अग्रता कायम गरेका हुन ।
क्लासिकलतर्फको अहिलेसम्मको ५ खेलमध्ये फुयाँलले ४ खेलमा जीत हात पारेका छन् भने एक खेलमा मात्र पराजय भएको निर्णायक दिपेश गिरीले जानकारी दिए । प्रतियोगिता अन्र्तगत पाँचौ चरणको क्लासिकल इभेन्टमा फुँयालले नेपाल पुलिस क्लबका क्षतिज भण्डारीसंग ‘ड्र’ खेल्दै अग्रता कायम गर्न सफल भएका हुन् ।
फुँयालले क्लासिक इभेन्टको पहिलो चरणमा लुम्बिनी प्रदेशका निशान्त श्रेष्ठ, दोस्रो चरणमा नेपाल पुलिस क्लबका सुवीर लामा, तेस्रो चरणमा त्रिभुवन आर्मी क्बलका मिलन लामा र चौथो चरणमा त्रिभुवन आर्मी क्लबकै रुपेश जैसवाललाई पराजित गरेका हुन् ।
प्रतियोगितामा नेपाल पुलिस क्लबका क्षितिज भण्डारी र त्रिभुवन आर्मी क्बलका रुपेश जैसवालले ४÷४ खेल जितेर फुँयाललाई पच्छ्याई रहेका छन् ।









ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया