सम्पादकीयः सिमसार क्षेत्रको संरक्षण फेवा जोगाउने आधार

समाधान संवाददाता २०७९ कार्तिक २ गते ११:५५

प्राकृतिक रुपमा बनेको फेवाताल प्राकृतिक र मानवीय अतिक्रमणको चपेटामा परेको छ । बढ्दो बसोवास र जनसंख्या, संरक्षण सोंच विनाका विकासकार्यले फेवातालको क्षेत्रफल र आयातन घट्दै गएको अवस्थामा सिमसार क्षेत्रको बढ्दाे मानवीय अतिक्रमण जल्दा बल्दो समस्याको रुपमा देखिएको छ ।

Advertisement

सिमसार क्षेत्रले प्राणी जगत र जैविक विविधता संरक्षणमा ठूलो भूमिका खेलिरहेको हुन्छ । ताल जोगाउन सिमसार क्षेत्रको योगदान छ । सिमसार क्षेत्रको संरक्षण नभए ताल जोगाउन सकिन्न । हिजोआज यस्ता सिमसार क्षेत्र विस्तारैविस्तारै पुरिँदै जाँदा वातावरणीय क्षेत्रमा समेत प्रतिकुल प्रभाव परेको छ ।

अहिले ताल क्षेत्रको सिमसारमा थुप्रै भागमा अहिले आवास क्षेत्र भइसकेको छ भने धमाधम नयाँ संरचना निर्माण भई रहेका छन् । यसले सिमसारको क्षेत्रफलमात्रै घटाएको छैन, तालको प्राकृतिक स्वरुपलाई नै बिगारेको छ । संरक्षणको कमी तथा मानवीय अतिक्रमण बढ्दा विश्व सिमसार सम्पदा अर्थात रामसार सूचीमा सूचीकृत फेवाताल किन बर्सेनि मासिँदै गएको छ ।

फेवातालको सिमसार क्षेत्र खपौदी, चंखपुर, पामे र गुँदे ताल, कमलपोखरी क्षेत्रमा फैलिएको छ । सिमसारमा क्षेत्रमा अहिले कतिपय क्षेत्रमा व्यक्तिले खेती गरिरहेका छन्, कतिले घडेरी बनाएका छन्, कतिले घरै बनाइसकका छन् । सिमसार क्षेत्र मासिँदा तालतलैया सुक्दै जान्छ । यो फेवाको मात्र नभएर सबै ताल तलैयाको समस्या हो ।

तालतलैया, नदीनालाको अवस्थाले तापक्रमको निर्धारण गर्छ तर तालतलैया सुक्दै जाँदा तामक्रम बढ्छ । समग्र वातावरणको सन्तुलनमा असर पर्छ । हिमालहरु पनि हिउ पर्न छोडेर काला पहाड बन्नु विश्वव्यापी उष्णता बढ्नु सिमसार क्षेत्र मासेर कारण हो भन्न सकिन्छ ।

Advertisement

पोखरालाई प्राकृतिक एवं जैविक विविधताले भरी पूर्ण शहर सहरको रुपमा विकास गर्न सिमसार क्षेत्रले सहयोग पुर्‍याएको छ । पोखराको सुन्दरताको मुख्य भूमिका आसपासका नादिनाला, ताल तलैया र सिमसार क्षेत्रको छ । जसको कारण न गर्मी न जाडो सुन्दर हिमालको काखमा पोखराको वातावरण सन्तुलित छ ।

फेवताल तथा ताल आसपासको सिमसार अतिक्रमण रोक्नुपर्ने आवाज निकै चर्को रुपमा उठ्ने गरेको छ । फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले फेवाको क्षेत्रफल ५.७२६ वर्गकिमी निक्र्याेल गरेको छ । तालको क्षेत्रफल कायम भइसकेपछि पनि सिमसारको अतिक्रमण रोकिएको छैन ।

केही समयअघिमात्रै नेपाल सरकारले पहिलोपल्ट फेवातालको क्षेत्रफल कायम गरेको छ । सिमसार क्षेत्रफलबारे एकीन हुन सकेको छैन । तर फेवाताल आसपासको सिमसार क्षेत्र कति हो भनेर यकिन नहुँदा संरक्षणमा चुनौती बनेको छ । प्राकृतिक र मानवीय अतिक्रमणको चपेटामा परेको फेवाताल संरक्षण गर्नु आवश्यक छ ।

ताल तलैयाको संरक्षण विकास तीन तहको सरकारको कार्य क्षेत्रमा पर्छ । त्यसमा पनि ताल, जलाधार र सिमसार क्षेत्रलाई जोगाउन संघीय सरकार बढी जिम्मेवार बन्नु आवश्यक छ । हरेक योजनामा प्रदेश तथा स्थानीय सरकारको लागत साझेदारी काम हुनु पर्छ ।

तपाईको प्रतिक्रिया