एमालेले गोरुगाढा शिद्धान्त अपनाउन लागेपछि गठबन्धन बन्योः प्रचण्ड

पोखरा ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा हुँदा गोरुगाढा शिद्धान्त अपनाउन लागेपछि गठबन्धन बनेको बताएका छन् ।
शुक्रबार पोखरामा पाँच दलिय गठबन्धनको संयुक्त कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले एमालेले संविधान विपरित, संघीय लोकतान्त्रि व्यवस्थालाई नै धरापमा पर्न लागेपछि गठबन्धन बनेको बताए । ‘एमाले भित्र जनआन्दोलन ताका गोरुगाढा शिद्धान्त बताउँथे । नेकपा हुँदा पनि फेरी गोरु गाढा शिद्धान्त अपनाउन लागेपछि गठबन्धन बन्यो,’ उनले भने, ‘यो गठबन्धन निर्वाचनमा जान मात्र हैन । आर्थिक विकास र समृद्धका लागि आजको आवश्यकता र प्रतिगमनलाई परास्त गर्न बनेको हो ।’
उनले गठबन्धनका साझा उम्मेदवारलाई हात नकमाइ मतदान गर्न र प्रचारप्रचारमा सरिक हुन निर्देशन दिएका छन् । ‘यहाँ कतिपयले एउटा चिन्ह बाहेक अरु तिर भोट हाल्न हात कमाएको पाइयो । यसो कदापी होइन् । माओवादीले शन्ति सम्झौतामा हस्ताक्षर गर्नु नै कांग्रेसको पक्षमा भोट हालेको हो । जति बेला देशमा विषम परिस्थिति हुन्छ । हामीसँगै हिँड्नुपर्छ । एकले अर्को पार्टीलाई भोट हाल्न नहिँचकिचाइ भोट हाल्नुस् ।’
उनले प्रदेश स्थिरिय भेला गरेर पाँच दलका शीर्ष नेता सबै एक ठाउँमा भएको सन्देश दिन खोजेको बताए । ‘तपाईंहरु अघि बढ्नुस्, प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारलाई जिताउन लाग्नुस्,’ उनले भने ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया