८१ युनिट रगत संकलन

पोखरा ।
पोखरामा रगत अभावलाई कम गर्न मानव अधिकार शिक्षा तथा संरक्षण समाजले बिहीबार आकस्मिक रक्तदान आयोजना गरेको छ ।
‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नाराका साथ भएको कार्यक्रममा ८१ युनिट रगत संकलन भएको संस्थाका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक दिनेश पौडेलले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी कास्की उपाध्यक्ष डण्डराज शर्माले पहिलो रक्तदाता श्यामसुन्दर ढकाललाई ब्लडब्याग प्रदान गरी कार्यक्रमको उद्घाटन गरे । उनले रक्त सञ्चार केन्द्र पोखरामा रगत अभाव भएकाले सामाजिक संघ, संस्थालाई खुल्ला रक्तदान गर्न आग्रह गरे ।
कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखरामा प्रमुख अर्जुन ज्ञवाली, आकस्मिक रक्तदान युनिटका व्यवस्थापक हरिश्चन्द्र शर्मा, संस्थाका संस्थापक अध्यक्ष नेत्र ढकाल, संस्थाका उपाध्यक्ष सन्तोष शर्मा, सचिव धनप्रसाद पौडेल लगायतले रक्तदानको महत्वबारे बोलेका थिए । समारोहमा पोखरा महानगरपालिका वडा नम्बर ३ का पूर्व अध्यक्ष रवीन्द्रबहादुर प्रजुले ७९ औं पटक रक्तदान गरे ।
तपाईको प्रतिक्रिया