राजुको उम्मेदवारी खारेज

पोखरा ।
सर्वोच्च अदालतले रुपन्देही २ का एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुुक्त इजलासले यसअघि उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नदिएपछि उम्मेदवारी खारेज हो ।
आदेशमा भनिएको छ, ‘कालोसूची कायम रहेको भन्ने देखियो, कालोसूचीमा नाम समावेश रहेकोसम्बन्धी अयोग्यता निवेदक राजु गुरुङमा कायम रहेको देखिँदा निजले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन ।’ गुरुङ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । गठबन्धनको उम्मेदवार नरहेको यो क्षेत्रमा एमाले नेता विष्णु पौडेल उम्मेदवार छन् ।
उम्मेदवार गुरुङ कर्जा सूचना केन्द्रको २०७४ सालमा कालोसूचीमा रहेकाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने अदालतले आदेश गरेको हो । रुपन्देही–२ का निर्वाचन अधिकृत उदवीर नेपालीले गुरुङको नाम कालोसूचीमा रहेको उल्लेख गर्दै उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयविरुद्ध गुरुङले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । अदालतले शुक्रबार दुवै पक्षको छलफलबाट गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो ।









तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया