एमालेको नेतृत्वमा समृद्धि: अधिकारी

समाधान संवाददाता २०७९ कार्तिक ६ गते १३:०७

पोखरा ।
नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्बर १ प्रदेश सभा १ का उम्मेदवार खगराज अधिकारीले व्यवस्था परिवर्तनदेखि विकासको काममा सदैव जनताको साथमा रहेर काम गर्दै आएको बताएका छन् ।

Advertisement

पोखरा ३० मा उम्मेदवार भेटघाटमा उनले वडाको शिशुवा अस्पताललाई स्तरोन्नति गर्दै कोभिडको समयमा पनि आवश्यक स्वास्थ्य सामाग्री लिएर हरेक पटक आउने गरेको स्मरण गरे ।

शिशुवा चोकबाट फेदीसम्मको बाटो चक्लाउने अभियान चाडै पूरा गर्ने प्रतिवद्धता गरे । उनले गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकारले जग बसालेको स्मरण गर्दै उनले त्यसलाई समृद्वको बाटोमा लैजाने गरी अगाडि बढ्ने बताए ।

उम्मेदवार अधिकारीले केन्द्रबाट प्रदेशमा आइसकेपछि अझैजनताको गुनासोलाई सुनेर सम्बोधन गर्ने अवसर आएको बताउँदै त्यसको जिम्मेवारी दिन आग्रह गरे । स्थानीय विश्वनाथ लामिछानेले बर्खामा पानीले समस्या पार्ने भएकाले सडकको नाला व्यवस्थापन र सडकलाई फराकिलो बनाउने काममा पहल गरिदिन आग्रह गरे ।

स्थानीय विकल बास्तोलाले गुनासा सुनेर सम्बोधन गर्न आवश्यक रहेको बताए । निवर्तमान वडाध्यक्ष श्रीराम पोखरेलले वडाभित्र साना ठूला गरी ६० वटा बाटो स्तरोन्नति भएको सुनाए । वडामा वार्षिक ९० लाख रुपैयाँमात्रै आउने हुँदा बजेट अभावका कारण सबै योजना सोचे अनुरुप काम हुन नसकेको उनको भनाइ छ ।

Advertisement

तपाईको प्रतिक्रिया