निर्वाचन आयोगमा ५ दर्जन उजुरी
समाधान संवाददाता
२०७९ कार्तिक १४ गते ११:२३

पोखरा ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनाव मर्यादित बनाउन निर्वाचन आयोगले जारी गरेको आचार संहिता उल्लंघनका उजुरी ५ दर्जन बढी पुगेका छन् ।
आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल तथा उम्मेदवार र संघसंस्थालाई स्पष्टिकरण सोधिएको आयोगले जनाएको छ ।
आचार संहिता पालनाबारे अनुगमनका लागि ७७ जिल्लामा अनुगमन संयन्त्र बनाइएको र सो संयन्त्रले पनि हेरिरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी समेत सहायक संयोजक रहनेगरी कोष तथा लेखा नियन्त्रक प्रमुखलाई अधिकृत तोकेर जिल्लामा अनुगमन कमिटी बनाइएको छ ।
विभिन्न जिल्लाबाट उजुरी आइरहेको र स्पष्टिकरण सोध्ने काम भइरहेको उनले बताए । सोधिएको स्पष्टिकरण चित्तबुझ्दो नभए केही उम्मेदवार र राजनीतिक दललाई दोहोर्याएर सोध्ने आयोगले तयारी गरेको छ ।
सम्बन्धित








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया