‘अरु बेला पनि घरदैलोमै भेटियोस्’

पोखरा ।
कास्की ३ मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रामजीप्रसाद बराल ‘जीवन’ र ३ (२) का प्रकाश बरालसमक्ष घान्द्रुकका स्थानीयले सडक निर्माण गरिदिन माग गरेका छन् ।
चुनावी भेटघाटमा आइतबार घान्द्रुक पुगेका उमेदवारहरुसमक्ष स्थानीयले घान्द्रुकको विकासको पहिलो प्रथामिकता सडक भएकाले त्यसलाई पूरा गर्न आग्रह गरे ।
घरदैलोमा गुरुङ समुदायको परम्परागत काजदेभ पूजामा समेत सहभागी भएका गठबन्धनका उम्मेदवारलाई स्थानीयले देश र जनताको पक्षमा काम गर्न आग्रह गरे ।
चुनावअघि मत्र होइन, विजय वा पराजय जे भए पनि जनताको घर दैलोमा निरन्तर आउन स्थानीयले आग्रह गरे ।
गठबन्धनले आइतबार अन्नपूर्ण गाउँपालिकाको घाँन्द्रुक, झिनु, छोम्राङ लगायतको क्षेत्रमा घरदैलो गरेको छ । कास्की ३ का प्रतिनिधि सभाका उम्मेदवार जीवन गण्डकी प्रदेश सरकारका अर्थमन्त्रीसमेत हुन ।
गठबन्धनका साझा उमेदवार कास्की निर्वाचन क्षेत्र ३(२) का प्रकाश बराल जिल्ला खेलकुद विकास समिति कास्कीका निवर्तमान कार्यालय प्रमुख हुन् ।
जीवन र प्रकाशले जनताका अपेक्षा पूरा गर्दै स्थिर सरकार, सुशासन, र समृद्धिको सपना साकार पार्ने संकल्प गरेका छन् ।
तपाईको प्रतिक्रिया