अन्नपूर्ण २ मा स्वतन्त्र पार्टीको कार्यालय
समाधान संवाददाता
२०७९ कार्तिक १४ गते १२:४२

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं २ मा निर्वाचन प्रचारप्रसारलाई तीव्रता दिएको छ । चुनावी प्रचारका लागि क्षेत्र नं ३ को क्षेत्रीय पार्टी कार्यालय यहाँ खोलिएको हो ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका कास्की क्षेत्र नम्बर ३ का उम्मेदवार योगराज पौडेलले जितको नजिकै पुगेको दाबी गरे । उनले जनताको चाहना र भावना अनुसार काम जनाए । पार्टीका गण्डकी प्रदेश अध्यक्ष डा ढाकाकुमार श्रेष्ठले जनभावना अनुरुप काम गर्ने प्रतिवद्धता गरे ।
सम्बन्धित
तपाईको प्रतिक्रिया