सत्य युवा क्लब बाँझापाटनले आयाेजना गरेकाे स्वास्थ्य शिविरबाट ४ सय लाभान्वित

समाधान संवाददाता २०७६ वैशाख १५ गते ११:१५

समाधान संवाददाता, पोखरा

सत्य युवा क्लब बाँझापाटनको अगुवाईमा आयोजित स्वस्थ्य शिविरमा ४ सय जनाले स्वास्थ्य जाँच गराएका छन् । जनकल्याण समिति सिद्धकालिकास्थान र काँहुखोलास्थित विनायक मेडिको फर्माको व्यवस्थापनमा शिविर भएको मेडिको फर्माका सञ्चालक नारायण बरालले जानकारी दिए ।

स्वस्थ्य शिविरमा डा. आशिष त्रिपाठी, डा. वुद्धिसागर लामिछाने, डा. भीम सिग्देल, डा. सिर्जना शर्मा, डा. रञ्जुना थकाली, डा. अमृता घिमिरे, डा. विजय रानाभाट, डा. विजय विमल बास्तोला, को टोलीले चेक जाँच तथा परामर्श दिएका थिए । शिविर टोलीमा गरिमा बराल, अप्सरा रानाभाट, आश्विनी गुरुङ, एलिसा राई, सुदेशना अधिकारी, निरोज गौतम, आशिष बराल, रामु कुमाल र निषा क्षिमालको टोलीले ल्याब तथा औषधी वितरणमा सहयोग गरेको जनकल्याण समितिका महासचिव कुमार केसीले जानकारी दिए ।

Advertisement

‘मिलेर गरौं’ भन्ने भावनालाई विभिन्न संघसंस्थाले सहयोग गरे स्वास्थ्य शिविरमात्र नभई अन्य विकास निर्माणमा पनि सहयोग पुग्ने सत्य युवा क्लबका सचिव विशाल गुरुङले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया