सूर्याेदय क्लब र पत्रकार केशवराज पराजुली बिच अन्तक्र्रिया

समाधान संवाददाता २०७६ वैशाख १५ गते ११:३४

Advertisement

समाधान संवाददाता, पोखरा

सूर्योदय क्लब नदीपुरले वरिष्ठ पत्रकार केशवराज पराजुलीसँग उनको पत्रकारिता र राजनीतिक जीवनका विविध आयामबारे साक्षात्कार गरेको छ । पत्रकार पराजुलीले आफूले नियतिले गर्दा शिक्षण, पत्रकारिता, उद्योग, व्यापार, र राजनीतिमा हात हालेको बताए । पराजुलीले राष्ट्रिय बहुद्देश्यीय उच्च विद्यालयमा अध्यापन गर्दाका दिन सम्झिँदै भने, ‘मैले कहिल्यै नपढेको सेक्रेटरियल कोर्स मैले पढाउनुपथ्र्यो । सोध्ने ठाउँ थिएन । अहिले जस्तो इन्टरनेट थिएन । केही किताब पढ्दै पढाउँदै गर्थें ।’

पराजुलीले साकाहार भोजन र जाँडरक्सीको परहेजले ८४ औं वर्षमा प्रवेश गर्दा पनि हिँडडुल गर्न आफूलाई समस्या नभएको बताए । दयाशंकर पालिखे पत्रकारिता पुरस्कार २०५४ बाट विभूषित पराजुलीले २०१७ सालमा बिपी, गणेशमान पोखरा आउँदा काठमाडौंमा सगरमाथा संवाद समिति गठन भएको भनी त्यसमा पोखराको संवाददाता भई काम गर्न आग्रह भएबमोजिम आफू पत्रकारितामा आएको स्मरण गरे ।

राणाहरूको नचाहिँदो रवाफ र दमनबाट विकर्षित भई आफू नेपाली कांग्रेसमा लागेको उनले बताए । क्लबका सदस्य शारदा अधिकारीले यस्ता पाका र सिद्धहस्त व्यक्तित्वसँग आगामी दिनमा पनि साक्षात्कार कार्यक्रम गरिने जानकारी गराएकी थिइन् ।

Advertisement

ध्रुव केसी, वामनकुमार पराजुली, राजेश अधिकारी, बलराम पाण्डे, षडंगराज शर्मा लगायत सहभागीले प्रश्न र टिप्पणी राखेको उक्त कार्यक्रमकै अवसर पारी क्लबका संस्थापक अध्यक्ष प्रकाश घिमिरेले क्लबलाई वाचनालय निर्माणका लागि ५ हजार रुपैयाँ प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया