ग्रामीण वडाबासीलाई चाडै महानगरको अनुभूतिः मिना

पोखरा ।
पोखरा महानगरमा पछि थपिएका वडा अझै गाउँ जस्ता छन् । त्यहाँ विकासका पूर्वाधार र अरु सुविधा पुग्न बाँकी छ । मंगलबार पोखरा १६ र २० पुगेकी एमाले उम्मेदवार मिना गुरुङले पछि थपिएका ग्रामीण क्षेत्रका बासिन्दालाई चाडै महानगरबासीको अनुभूति दिलाउने प्रतिवद्धता गरेकी छन् ।
कास्की २ (२) मा पोखरा महानगरका वडा नं. ४, ८, ९, ११, १६ र २० पर्छन् । उम्मेदवार गुरुङले भनिन्, ‘यो देशकै ठूलो महानगरको भूभाग हो । स्थानीय र संघ संरकारसँग सहकार्य गर्दै महानगरका लागि चाहिने पूर्वाधार र सेवा, सुविधा पुर्याउन म हरदम यहाँहरुसँगै थिएँ, सधै सँगै रहन्छु ।’
गुरुङले महिलालाई आफू भएकै ठाउँबाट भूमिका निर्वाह गर्न आग्रह गरिन् । उनले भनिन्, ‘राष्ट्रपति, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्झनुस्, परिवर्तनका लागि जीवन समर्पण गर्ने योद्धालाई सम्झनुस् र मंसिर ४ मा उचित निर्णय गर्नुस् ।’
कार्यक्रममा कास्की २ की एमाले उम्मेदवार विद्या भट्टराई, अनेमसंघकी नेता सिर्जना शर्मा, समानुपातिक उम्मेदवार छममाया पुन, एमाले पोखरा महानगर सचिव जीवन आचार्य लगायतले बोलेका थिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया