कांग्रेसका गुरुङ एमालेमा प्रवेश

समाधान संवाददाता २०७९ कार्तिक १६ गते १६:०३
२०७४ सालको निर्वाचनमा मुस्ताङ प्रदेश १ मा एकैसाथ आमने सामने निर्वाचन लडेका बिष्ट र गुरुङ ।

पोखरा–
संघीयतापछि २०७४ सालमा सम्पन्न भएको पहिलो प्रदेशसभा निर्वाचनमा एकैसाथ आमने–सामने निर्वाचन प्रतिस्पर्धा गरेका नेकपा(एमाले)का उम्मेदवार ईन्द्रधारा बिष्ट र नेपाली कांग्रेसका उम्मेदवार मिक्यूर गुरुङ बुधबार उपल्लो मुस्ताङको एउँटै मञ्चमा उभिए । उनीहरुले आपसमा अंकमाल गर्दै आत्मियता साटासाट गरे ।

Advertisement

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तर्गत नेकपा(एमाले)का तर्फबाट ईन्द्रधारा बिष्ट दोश्रो पटक चुनावी मैदानमा छन् ।तर,२०७४ सालमा प्रदेश निर्वाचन हारेका गुरुङले यसपटक भने प्रदेशमा उठ्न मौका पाएनन् । २०७४ सालको प्रदेशसभा निर्वाचनमा एमालेका बिष्टले कांग्रेसका गुरुङलाई ५१० मतान्तरले पराजित गरेका थिए । त्यसबेला एमालेका बिष्टले ११६७ मत र कांग्रेसका गुरुङले ६५७ मत प्राप्त गरेका थिए ।

२०७४ सालको निर्वाचनमा मुस्ताङ प्रदेश १ मा एकैसाथ आमने सामने निर्वाचन लडेका बिष्ट र गुरुङ ।

निर्वाचन मिति नजिकिदै गर्दा एमालेको टोली अहिले उपल्लो मुस्ताङको घरदैलो अभियानमा व्यस्त छ । सोही क्रममा आयोजित चुनावी कार्यक्रममा एमालेका प्रदेश १ का उम्मेदवार बिष्टले आफ्नो पूर्व प्रतिस्पर्धी गुरुङलाई एमालेमा पार्टी प्रवेश गराएका छन् । लोमान्थाङ गाउँपालिका–३ ठिङ्गुरमा आयोजित चुनावी कार्यक्रममा एमालेका मुस्ताङ जिल्ला ईञ्चार्ज चन्द्रमोहन गौचन, एमाले गण्डकी प्रदेशका सचिवालय सदस्य प्रेमप्रसाद तुलाचन ,गण्डकी प्रदेश कमिटी सदस्य द्धय ईन्द्रधारा बिष्ट, महेन्द्रबहादुर थकाली र एमाले जिल्ला सचिव बिनोद बिसी लगायतका नेताहरुले कांग्रेस त्यागेर एमाले प्रबेश गरेका गुरुङलाई खाँदा लगायर भव्य स्वागत गरे ।

उपल्लो मुस्ताङका कांग्रेस नेता गुरुङले आजैबाट जय नेपाल त्यागेर लालसलाममा प्रवेश गरेको बताए । नेपाली कांग्रेसको संगठनमा बसेर आफुले ठुलो योगदान गरेपनि केही व्यक्तिको स्वार्थका कारण ईमान्दार कार्यकर्ताहरुको अपमान गरेको जनाए ।

Advertisement

तपाईको प्रतिक्रिया