यो क्षेत्रलाई पर्यटकीय हब बनाउँछुः एमाले उम्मेदवार ‘श्याम ’

पोखरा ।
आसन्न निर्वाचनमा गण्डकी प्रदेशसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर १ (२)का एमाले उम्मेदवार बेदबहादुर गुरुङ ‘श्याम’ले आफ्नो निर्वाचन क्षेत्रलाई पर्यटकीय हब बनाउने बताएका छन् ।
बुधबार मादी १० र ११ मा घरदैलो कार्यक्रम गर्दै उनले आफ्नो निर्वाचन क्षेत्रलाई पर्यटकीय हब बनाउने बताए । ‘मेरो निर्वाचन क्षेत्र पर्यटकीय गन्तव्यको हब हो । यो क्षेत्र प्रकृतिक सम्पदाले भरिपूर्ण छ । म यो क्षेत्रको प्रत्येक घरघर पुगेर यहाँका हरेक समस्या देखेको छु । तपाईंहरुको समस्या नजिकबाट बुझेको छु,’ उनले भने । उनले जनताको मतको कदर गर्न आफू प्रतिबद्ध रहेको बताए ।
०७४ सालको निर्वाचनमा मादी गाउँपालिकाको अध्यक्ष गुरुङले पालिका प्रमुख हुँदा सुरु गरेको विकास निर्माणका काम पूरा गर्न पनि आफ्नो उम्मेदवारी रहेको बताए । ‘अबको बाटो भनेकै विकास र समृद्धिको हो । तपाईहरुको मतको खेर जान दिने छैन । अब विकास र समृद्धि तर्फ प्रदेशलाई अगाडि बढाउने मेरो उद्देश्य हो,’ उनले भने ।
निर्वाचन क्षेत्रका जनतालाई आफूले उत्साह दिलाउने गरी काम गर्ने उनले बताए । ‘विकास निर्माणको काम गर्दा राजनीति पुर्वग्रह राखदिनँ,’ उनले भने, ‘हाम्रो उम्मेदवारी गठबन्धनको विरुद्ध होइन् यहाँको अशिक्षा र पछौँटेपन अन्त्य गर्न हो । विकास गर्न हो ।’
गुरुङले एमाले सरकार ढलेपछि विकास निर्माणको काम ठप्प भएको बताए । ‘केन्द्रमा केपी ओली प्रधानमन्त्री र प्रदेशमा खगराज अधिकारी मुख्यमन्त्री बनेपछि विकासको लहर चल्छ,’ उनले भने ।
तपाईको प्रतिक्रिया