शिक्षामा परिवर्तन मुख्य एजेन्डाः कँडेल
पोखरा ।
कास्की २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका माधवप्रसाद कँडेलले गुणस्तरीय शिक्षाका लागि शिक्षा ऐन परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका कँडेलले आफ्नो मुख्य योजना शिक्षामा आमूल परिर्वतन गराउने रहेको सुनाए ।
नेपालको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निकै कमजोर रहेको र यसका लागि शिक्षा ऐनमा सुधार गर्न अत्यावश्यक रहेको उनले बताएका छन् । मतदातासँगको भेटघाटको क्रममा उनले हरेक क्षेत्रको परिवर्तनका लागि पहिलो खुड्किलो भनेकै शैक्षिक क्षेत्र रहेको उनले बताए ।
‘यहाँ निजी विद्यालयले पूरै देश ढाकेको छ । त्यहाँ गरिब तथा विपन्न परिवारले पढाउन सक्दैनन् । भएका सार्वजानिक विद्यालयको शैक्षिक स्तर निकै दयनीय छ,’ उनले भने, ‘मेरो योजना भनेको शिक्षाको क्षेत्रमा परिवर्तन गर्ने हो । सबै शिक्षित भएमा देश समृद्ध बन्छ, विकास हुन्छ ।’
कँडेलले सामुदायिक विद्यालयको कक्षा १२ सम्म निःशुल्क पढाउने वातावरण सिर्जना गर्न आवश्यक रहेकोमा जोड दिए ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया