घोषणापत्र कार्यान्वयन गर्छाैंः विद्या

पोखरा ।
नेकपा एमाले केन्द्रीय सदस्य एवं कास्की निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार विद्या भट्टराई अधिकारीले जनताको विश्वासका जितेर काम गर्ने वाचा गरेकी छन् ।
पोखरा ३३ भरतपोखरीस्थित तल्लो खैरेनीका स्थानीय बासिन्दासँगको छलफलमा उनले यस क्षेत्रको समग्र विकास, निर्माणमा कठिवद्ध भएर लाग्ने जनाइन् ।
एमालेले मुलुकका मुख्य प्राथमिकतालाई समेटेर निर्माण गरेको घोषणापत्र र पार्टी गण्डकी प्रदेशको प्रतिवद्धतालाई विकास निर्माणको आधार बनाएरअघि बढ्ने मतदातासमक्ष उनले प्रण गरिन् ।
मंसिर ४ गतेको निर्वाचनपश्चात मुलुकको विकास निर्माणले गति लिने विश्वास उनले व्यक्त गरिन् । कार्यक्रममा बिभिन्न विकास निर्माणलाई समेटेर सामूहिकरुपमा तयार पारिएको ध्यानाकर्षण पत्रसमेत उम्मेदवार भट्टराईलाई हस्तान्तरण गरिएको थियो ।
निर्वाचन २ (१) का उम्मेदवार भीमबहादुर कार्कीले जनताको मनोबललाई उच्च राख्ने गरि काममा जुट्ने विश्वास दिलाए ।
समाजसेवी रामबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान वडाध्यक्ष शिवराज आचार्य, नेकपा एमाले पोखरा ३३ का वडाध्यक्ष दीपक लामिछाने, स्थानीय शान्तिदेवी आचार्य, मनमाया मगर, डिबी विश्वकर्मा, ऋषिराज आचार्य लगायतले बोलेका थिए । शुक्रबार पोखरा १७ मा घरदैलो कार्यक्रम गर्ने कार्यक्रम तय छ ।
तपाईको प्रतिक्रिया