गण्डकी बहुप्राविधिकमा मैत्रीपूर्ण भलिबल र दौड

समाधान संवाददाता २०७९ कार्तिक १८ गते १७:०९

पोखरा ।
गण्डकी बहुप्राविधिक शिक्षालय, भण्डारढिकमा शिक्षालयको सेमेस्टर स्तरिय मैत्रीपूर्ण भलिवल प्रतियोगिता र १०० मिटर दौड प्रतियोगिता सम्पन्न भएको छ ।

शिक्षालयमा अध्ययनरत सिभिल, अटोमोवाइल र जियोमेटिक्स इन्जिनियरिङ प्रथम, दोस्रो र चौथो सेमेस्टर बिचमा आयोजना भएको मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको हो । अतिरिक्त क्रियाकलाप अन्तर्गत तीन दिन सम्पन्न हुने कार्यक्रमको दोस्रो र तेस्रो चरणमा सो प्रतियोगिताहरु सम्पन्न भएका हुन् ।

कार्यक्रममा पहिलो सेमेस्टरदेखि चौथो सेमेस्टरका विद्यार्थीहरूको सहभागिता रहेको शिक्षालयका शैक्षिक प्रमुख सरोज अधिकारीले जानकारी गराए । १९ जना प्रतिस्पर्धी रहेको १०० मिटर दौड कार्यक्रमको महिलातर्फको दौड प्रतियोगितामा ममिता विक ले प्रथम स्थान प्राप्त गरेकी थिइन् । पुरुषतर्फ सूर्यमान गुरुङले प्रथम स्थान हासिल गरेका थिए ।

Advertisement

मैत्रीपूर्ण भलिबल प्रतियोगितामा प्रथम वर्ष दोस्रो सेमेस्टरको टिम प्रथम भयो भने प्रतियोगिको म्यान अफ दी म्याच विधान आचार्य भएका थिए । बेस्ट स्पिकर प्रदीप सुवेदी भएका थिए ।

कार्यक्रममा बोल्दै शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीले पनि आफूलाई बौद्धिक र शारीरिक रुपमा सक्षम बनाउँदै आफ्नो व्यक्तित्व विकास गर्दै लैजानुपर्ने धारणा राखेका थिए ।

Advertisement

सो प्रतियोगितामा मुख्य रेफ्री मनोज पौडेल र खड्गबहादुर गुरुङ थिए । कार्यक्रमको सञ्चालन शिक्षालयका शैक्षिक प्रमुख सरोज अधिकारीले गरेका थिए ।

तपाईको प्रतिक्रिया