अधुरा काम पूरा गर्न उम्मेदवारीः थापा
समाधान संवाददाता
२०७९ कार्तिक २० गते ११:२६

पोखरा ।
कास्की २ मा गठबन्धनको तर्फबाट प्रदेशसभा २ (२) का उम्मेदवार विन्दुकुमार थापाले आफूले सुरु गरेका काम पूरा गर्न पुनः सोही क्षेत्रबाट उठेको बताएका छन् ।
पोखरा २० भलाममा पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी अभियानमा थापाले यो क्षेत्रमा धेरै योजना र कार्यक्रम सुरु गरेकाले त्यसलाई पूरा गर्ने दायित्व निर्वाह गर्न फेरि मैदानमा आएको सुनाए ।
‘पहिला तपाईहरुले जिताउनुभएको हो । पहिलो कार्यकालमा धेरै विकास निर्माणका काम सुरु भएका छन्,’ उनले भने, ‘अब केही नयाँ काम गर्नुपर्नेछ अनि पुराना योजना पूरा गर्नपर्नेछ ।’
स्थानीयले बाटो, खानेपानी र विकास निर्माणको समस्या हल गरिदिन उनीसँग आग्रह गरेका थिए । स्थानीय शेषकान्त शर्माले बाटोका लागि केन्द्रीय योजनामा पर्न नसकेको गुनासो गरे ।
सम्बन्धित









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया