‘विकासका लागि एमालेको नेतृत्व’

पोखरा ।
नेकपा एमाले कास्की ३ का उम्मेदवारहरुले शनिबार पोखरा २३ का विभिन्न स्थानमा घरदैलो गरी मत मागे । उनीहरुले देशको समृद्धिको खाका, योजना र इच्छाशक्ति एमालेसँग मात्र भएकाले एमालेको जित सुनिश्चित भएको दाबी गरे ।
प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर बैरागी र प्रदेश सभा सदस्यका उम्मेदवार राजीव पहारीले परिवर्तनको चाडै आभास पाउन जनताले एमालेलाई नै छान्ने उल्लेख गरे । घरदैलोमा स्थानीयले एमाले नेतृत्वको प्रदेश र संघ सरकार हुँदा ऐतिहासिक काम र तीव्र विकास भएकाले आफूहरुले एमाले उम्मेदवारलाई नै जिताउने बताएका थिए ।
निवर्तमान सांसदसमेत रहेका पहारीले ३० वर्षदेखि पुल बनाउने सपना एमाले सरकारको पालामा साकार पारेको स्मरण गरे । घाँटिछिना, ठूलाखेतका स्थानीयले बस्ती संरक्षणका लागि पहारीको नेतृत्वमा धेरै काम भएको स्मरण गरे ।
शनिबार उम्मेदवार बैरागी र पहारी वडा नम्बर २३ स्थित असलचौर, लोखलढुंगा बाम्दी, निर्माने, खोरपाखा, चैनपुर, बाम्दी लगायतका स्थानमा पुग्दा त्यहाँका आमा समूह, युवा समूह लगायतले स्वागत गरेका थिए ।
यसअघि उम्मेदवारद्वयले शुक्रबार पोखरा–२४ स्थित कास्कीकोट, पामे, लौरुक, कार्कीको तहरा, खोरियापानी, गैह्रावारी, मौला,पाटेस्वाँरा, लौसिवोट, खड्गाउँ लगायका स्थानमा घरदैलो गरेका थिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया