जनताको आवश्यकता, मेरो प्राथमिकताः किशोर

समाधान संवाददाता २०७९ कार्तिक २० गते १२:१९

पोखरा ।
कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले जनताको आवश्यकता नै आफ्नो प्राथमिकता भएको बताएका छन् । कास्की कांग्रेसका सभापतिसमेत रहेका बरालले जनताले आवश्यकता अनुसार छनोट गरेका योजना नै आफ्ना योजना हुने उल्लेख गरे ।

Advertisement

कास्कीको रुपा गाउँपालिकाको तालबेसी, काउरे, हंसपुर, हाँसपोखरी, पिप्ले, ठूलीबेंसी, पोखरा महानगरपालिका वडा नं २८ को स्याङ्खुदी, कडेल गाउँ र ओख्लेमा आयोजित कोणसभाहरुमा उनले जनताका समस्यालाई आफूले चिनेको उल्लेख गरे ।

‘सबैको नाम र बस्ने ठाउँ नै भनेर म सबैलाई चिन्दिनँ होला,’ उनले भने, ‘तर जनताका समस्यालाई नजिकबाट चिनेको छु ।’ बरालले जनताका समस्यालाई समाधान गर्ने मौका आएकाले गठबन्धनका उम्मेद्वारलाई जिताउन आग्रह गरे ।

उनले गठबन्धनको पक्षमा जनलहर रहेको दावी गर्दै कुनै पनि शक्तिले हल्लाउन नसक्ने जिकिर गरे । नेता बरालले चुनाव जित्नका लागि झुटो कुरा नगर्ने बताए । बराल आइतबाररुपा गाउँपालिकाका विभिन्न स्थानमा हुने कोणसभामा सहभागी हुँदै छन् ।

Advertisement

तपाईको प्रतिक्रिया