केही काम बाँकी छन्, पूरा गर्छुः थापा

पोखरा ।
कास्की २ (२) का सत्ता गठबन्धनका उम्मेदवार विन्दुकुमार थापाले पोखरा २० का दलित समुदायका समस्या सुनेका छन् । सोमबार उनलाई भलामका दलितले अब खानेपानी र कालोपत्र सडकको व्यवस्था गरिदिन माग गरे ।
स्थानीय विष्णु परियारले प्रदेशबाट पहल हुँदा पनि स्थानीयबीच सहमति नहुँदा केही विकास, निर्माणले गति लिन नसकेको सुनाइन् । यहाँ करिब ४० घरधुरी छन् । उम्मेदवार थापाले आफूले सडक ल्याउनका लागि पहल गरे पनि प्राविधिक कारण नमिल्दा असफल भएको सुनाए ।
‘हामीले यहाँ बाटो ल्याउने प्रयास अहिले पनि जारी राखेकै छौँ तर यहाँ प्राविधिक कुरा नमिलेका कारण सडक जोडन सकिरहेका छैनौँ’, उनले भने, ‘तत्कालै केही गर्न सक्ने स्थिति छैन ।
निर्वाचनको आचारसंहिता लाग्छ त्यसैले निर्वाचन सकिएलगत्तै यसका लागि पुनः पहल हुनेछ, त्यसमा ढुक्क हुनुहोस् ।’ थापाले देश विकास गर्नका लागि स्थानीय, प्रदेश र संघमा एउटै नेतृत्वको सरकार हुनु आवश्यक रहेको सुनाए ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया