मत माग्दै माइला

पोखरा ।
कास्की क्षेत्र १ (२) का उम्मेदवार दीपक गुरुङ माइलाले सोमबार पोखरा १३ का विभिन्न ठाउँमा घरदैलो गरेका छन् ।
उनले वडाका चिसोपानी टोल, गौंडाको मुख, बिपी मार्ग, जय नेपाल मार्ग, उद्गम टोल, बाझापाटन चोक, काँहुखोला पुल माथि र मियाँपाटन चौतारा लगायतका क्षेत्रका मतदातासँग भेटघाट गरेका थिए ।
उम्मेदवार गुरुङले जनतालाई सपनामात्र बाड्न नआएको बताए । ‘तपाइको सपना पूरा गर्न आएको हुँ, मेरो होइन,’ उनले भने, ‘पाँच वर्षपछि आउँदा शिर ठाडो हुने काम गरेर आउनेछु ।’
युवालाई स्वदेश मै रोजगारीको अवसर सिर्जना गर्ने आफ्नो मुख्य लक्ष्य रहेको उनले सुनाए । ‘गाउँगाउँ घरदैलोमा जादा बुढाबुढीमात्र भेटिन्छन् । गाउँमा युवाको अभाव छ,’ उनले भने, ‘अब स्वदेशमै अवसरको ढोका खोलेर बुढा बाआमासँगै बस्ने व्यवस्था मिलाउँछु ।’ पाँच दलीय गठबन्धनको साझा उम्मेदवार गुरुङले निर्वाचन अघिल्लो पटकको जस्तो उत्साह जनतामा नदेखिएको बताए ।
‘गतिलो मान्छे अघिल्लो निर्वाचनमा छान्न नसक्दा तपाईंलाई निराशा छाएको छ । अब हाम्लाइ जिताउनुहोस्, कहिल्यै दुखी बनाउने छैनौं,’ उनले भने, ‘मतदान गर्दा विवेक प्रयोग गर्नुहोला ।’









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया