अधिकारी समाज कास्कीको सभा

पोखरा ।
अधिकारी समाज कास्कीको २४ औं साधारण सभा आइतबार भएको छ । सभामा समाजका संस्थापक अध्यक्ष टोपबहादुर अधिकारीले अधिकारीको एकता, भलाइ र कुल रक्षाका लागि संस्थाको स्थापना भएको उल्लेख गरे ।
सभामा २०७८ सालको कक्षा १२ को परीक्षामा ३.६१ जिपिएभन्दा बढी ग्रेड ल्याउने अधिकारी कुलका मन्दिप र सोनियालाई सम्मान गरियो । विभिन्न विधामा विद्यावारिधि गर्ने पोखरा ६ का डा. कृष्ण अधिकारी, पोखरा ४ का डा कपिल अधिकारी, पोखरा १७ का डा टंकराज अधिकारी, पोखरा ११ का डा. बाबुराम अधिकारीलाई सम्मान गरियो ।
समाजका अध्यक्ष लीलाधर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता वसन्तराज अधिकारी, अधिकारी समाज स्याङजाका अध्यक्ष हिमलाल अधिकारी, कास्कीका निर्वतमान अध्यक्ष शंकरप्रसाद अधिकारी, शिक्षासेवी हेमन्त अधिकारी, पूर्व अध्यक्ष गिरीराज अधिकारी, समाजका कोषाध्यक्ष गंगाप्रसाद अधिकारी, उपाध्यक्ष पूर्णभद्र अधिकारी, सचिव हरिश्चन्द्र अधिकारी लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया