घान्द्रुकका दिलमान र ईश्वरलाई सहिद घोषणा गर्न पहल गर्छु : वैरागी

घान्द्रुक ।
कास्की निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका एमाले उम्मेदवार दामोदर पौडेल वैरागीले १० वर्षे सशस्त्र द्वन्दकालमा विद्रोही पक्षबाट हत्या गरिएका घान्द्रुकका स्थानीय दिलमान गुरुङ र ईश्वर गुरुङलाई सहिद घोषणा गर्न पहल गर्ने प्रतिबद्वता जनाएका छन् ।
मंसिर ४ गते हुने निर्वाचन लक्षित कार्यक्रम अन्र्तगत अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० घान्द्रुकका स्थानीयसँगको प्रत्यक्ष भेटमा उनले द्वन्दकालमा विद्रोही पक्षले दिएको घान्द्रुकवासीको चोटमा आफूले मल्हम लगाउने प्रतिबद्वता जनाएका हुन् ।
उनले भने–‘द्वन्दकालमा घान्द्रुकवासीलाई विद्रोही पक्षले दिएको चोटमा महल्म लगाउने म वाचा गर्छु । अल्पायुमै ज्यान गुमाउनु भएका दिलमान गुरुङ र ईश्वर गुरुङको चिरशान्तिको कामना गर्दै सहिद घोषणा गर्न पहल गर्नेछु । तपाईं मलाई सुर्य चिन्हमा मत दिएर विजयी गराउनुस्, तपाईको घाईते मुटुको महल्म बनेर तपाईहरुकै सेवा गर्नेछु ।’
अर्काे प्रसंगमा उनले व्यवस्था फेरिएपनि जनताको अवस्था नफेरिएका कारण आफ्नो उम्मेदवारी रहेको बताउँदै मंसिर ४ पछि बन्ने नेकपा एमालेको सरकारले अवस्था परिवर्तन गर्नेमा ढुक्क हुन आग्रह गरे ।
उनले जिल्लाको पर्यटकीय गन्तव्यमा परिचित रहेको घान्द्रुकमा पर्यटन प्रवद्र्धनका लागि कुनै कसर बाँकी नराख्ने र वर्षेनी वजेट छुट्याउने बताए । उनले घान्द्रुकसम्म पुग्ने बाटो स्तरोन्नती गर्ने विश्वास व्यक्त गरे ।
उम्मेदवार वैरागीले आमा समुहको भवन बनाउने, संग्रालय बनाउने, खानेपानी, बाटो बनाउने, सिंचाईको व्यवस्था मिलाउने, धेरै धन्दा धेरै पर्यटक भित्र्याउने काम गर्ने, प्राकृतिक सम्पदाको संरक्षण गर्ने साथै समग्रमा क्षेत्र नम्बर ३ को विकासका लागि आफूलाई पार्टीले चुनावी मैदानमा पठाएको बताउँदै पार्टीको सुखी नेपाली, समृद्ध नेपालको अवधारणालाई जनताको अभिमतले पूरा गर्ने स्पष्ट पारे ।
उनले आफू बोल्ने हैन काम गरेर देखाउने सर्वहारा जनताको पार्टी नेकपा एमालेको नेता भएकाले जनताको ढाड सेक्ने गरी बढाएको करको दर घटाउने, काममा ढिलासुस्ति र भ्रष्टचारको नियन्त्रणका लागि जुनसुकै मूल्य चुकाउन पनि पछि नपर्ने उद्घोष गरे ।
कार्यक्रममा कास्की ३ (ख) का प्रदेश सभाका उम्मेदवार राजीव पहारी, प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार क्रान्ति वुर्लाकोटि, एमाले नेताहरु जगत विश्वकर्मा, सोमनाथ अधिकारी प्यासी, देवी सुवेदी, विवेक देवकोटा लगायतले बोलेका थिए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया