आर्वा सुगम बन्छः माइला

पोखरा ।
बजार नजिकै रहेको आर्बा आन्तरिक समस्याले गर्दा पिछडिएको छ । पोखरा १३ मा पर्ने उक्त ठाउँमा खानेपानीको समस्या छ, बाटो कच्ची छ । कास्की क्षेत्र नम्बर १ (२) का उम्मेदवार दीपक गुरुङले ‘माइला’ले पाँच वर्षभित्र आर्वाका यी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘अबको ५ वर्ष आर्वाको विकासको लागि मलाई जिम्मा दिनुहोस् । गुणस्तरीय शिक्षा, खानेपानी, पूर्वाधारमा विकास गर्नेछु,’ उनले भने, ‘म यहाँ तपाईसामु प्रतिबद्धता सुनाउनभन्दा पनि आशीर्वाद लिन आएको हुँ । झुटो आश्वासन दिन्नँ ।
जिताउनुहोस्, धोका पनि दिन्न ।’ मंसिर ४ को निर्वाचनपछि आर्वाको मुहार फेरिने उनले सुनाए । उनले भने, ‘आर्बाको समस्या मलाई प्रस्टसँग थाहा छ । मलाई मत दिएर उदाहरणीय काम गर्न दिनुहुनेछ भन्ने विश्वास लिएको छुँ ।’ उनले खानेपानीको समस्यालाई स्थानीय सरकारसँग समन्वय गरेर निकास दिने बताए ।
पाँच दलका साझा उम्मेदवार गुरुङले आर्वावासीको आधारभूत आवश्यकता पूरा गर्न सधै अग्रसर हुने घोषणा गरे । ‘निर्वाचनलगत्तै यहाँका बासिन्दाहरुलाई सेतो पुर्जा वितरण गरिनेछ । सबै प्रक्रिया पूरा भइसकेको छ,’ उनले भने, ‘पुर्जाको समस्यालाई समस्याको रुपमा नलिनुहोला ।’
उनले देश विकास र संविधान जोगाउन सबै दल मिलेर आएको बताए । देशको ठूलो शक्ति गठबन्धन रहेको हुँदा संविधानको रक्षा र समुन्नतिको बाटोमा देशलाई लैजाने दाबी गरे ।









सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
कृषिबाट पर्यटनतर्फ ठिनी
चिप्लेढुंगामा केएफसी सञ्चालन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया