जसपा उम्मेद्वार एमालेमा

पोखरा ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेश सभा सदस्यका उम्मेद्वार धनबहादुर परियार बुधबार नेकपा (एमाले) प्रवेश गरेका छन् । जसपा नेपाल कास्कीका वरिष्ठ उपाध्यक्षसमेत रहेका परियारलाई नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापा, पार्टीका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य दिलबहादुर नेपाली र जिल्ला कमिटी कास्की कार्यवहाक अध्यक्ष तेजनारायण अधिकारीले पार्टीमा औपचारिक रुपमा स्वागत गरे ।
कास्की क्षेत्र नम्बर २ प्रदेश सभा २ का प्रत्यक्षतर्फका उम्मेद्वार परिवारले आफ्नो उम्मेद्वारी निस्क्रिय बनाएर सोही निर्वाचन क्षेत्रका एमालेका उम्मेद्वार मीना गुरुङलाई समर्थन जनाएका छन् ।
उम्मेद्वार परियारले निकालेको प्रेस विज्ञप्तिमा केन्द्रमा एमाले र जसपाबीच चुनावी तालमेल भइसकेको अवस्थामा गण्डकी प्रदेशको नेतृत्वले उचित रुपमा पहलकदमी गर्न नसक्दा प्रदेश तथा कास्की जिल्लामा त्यो काम समयमा हुन नसकेको उल्लेख छ ।
‘पार्टीको छाता चुनाव चिन्हमार्फत प्रत्यक्षतर्फको मेरो उम्मेद्वारी आजको मितिबाट निस्क्रिय बनाई म र मेरा शुभेच्छुक शुभचिन्तकको समर्थन एमालेलाई रहेको उद्घोष गर्दछु,’ विज्ञप्तिमा भनिएको छ, ‘एमाले कास्की क्षेत्र नम्बर २(२)का प्रत्यक्षतर्फका उम्मेद्वार मीना गुरुङसहित सूर्य ध्वजावहाक सबै उम्मेद्वारलाई विजयी बनाएर गण्डकीमा एमालेको नेतृत्वमा सरकार बनाउनु पर्छ ।’
कास्की २ (२)की एमाले उम्मेद्वार मीना गुरुङले जसपाका उम्मेद्वार परियार एमालेमा प्रवेश गरी आफूलाई समर्थन गर्नु खुसीको विषय भएको बताइन् । यसले पार्टीको चुनाव जित्ने आधार अझ बलियो बनेको उनको प्रतिक्रिया छ ।
कास्की २ प्रदेश सभा (२) अन्तर्गत नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी पोखरा २० ले वडाको मौजाको लामडाँडा, सिरानथर, मोहरिया र आँटीघरमा कोणसभा तथा मतदाता भेटघाट गरेको छ ।
कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार विद्या भट्टराईसहित भएको कार्यक्रममा प्रदेश सभाका उम्मेद्वार गुरुङले सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर सिचाई, खानेपानी, स्वास्थ्य, शिक्षा र स्थानीय उत्पादनको बजारीकरणमा ध्यान दिने बताइन् ।
गण्डकी प्रदेशमा एमालेको नेतृत्वमा बनेका सरकारले विकास निर्माणको पूर्वाधार खडा गरेको दाबी गर्दै उनले फेरि पनि एमालेको नेतृत्वमा प्रदेश सरकार बनाएर विकास निर्माणका कामलाई द्रुत गतिमा अघि बढाइने प्रतिवद्धता गरिन् ।
कार्यक्रममा पूर्व जिल्ला शिक्षा अधिकारी शंकर गौतम, नेकपा (एमाले) पोखरा महानगर कमिटीका सचिव जीवन आचार्य, वडा कमिटी पोखरा २० का अध्यक्ष त्रिलोचन गौतम, वडा कमिटी सचिव प्रकास गुरुङ लगायतले बोलेका थिए ।








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया