राज्यले दिने सुविधा सधै जनतालाईः विन्दु

पोखरा ।
विन्दु थापाले ५ वर्षको कार्यकालभरी राज्यले दिएका सबै सेवा, सुविधा र तलव, भत्ता नागरिकको नाममा गरे । दुख, बिमारमा परेकालाई सकेको सहयोग गरे । २०७४ मा निर्वाचित भएपछि थापाले बर्सेनी १५ लाख हाराहारी सेवा, सुविधा र तलव भत्ताको रकम जनतालाई दिएका छन् ।
आगामी कार्यकालको चुनावी संघारमा रहेका उनले चुनाव जितेपछि पुनः सेवा सुविधा जनताकै लागि खर्चिने घोषणा गरेका छन् ।
‘अघिल्लो कार्यकाल जस्तै यस कार्यकालमा पनि प्रदेश सभा सदस्यको रुपमा मलाई प्राप्त हुने सम्पूर्ण तलब तथा सेवा, सुविधा यसै क्षेत्रको विकासका लागि विभिन्न सामाजिक कार्यमा खर्च गर्नेछु,’ उनले भने, ‘सदाझैं सुशासन, पारदर्शिता र भ्रष्टाचारमा शून्य सहनशीलता प्रमुख मन्त्र रहनेछ ।’ थापाले आफ्नो ५ वर्षे कार्यकालको प्रतिबद्धता पत्र सार्वजनिक गर्दै गण्डकी प्रदेशको उत्पादन र बजारीकरणमा जोड दिएका छन् ।
प्रदेशलाई समृद्ध बनाउन ऊर्जा, कृषि, उद्यमशीलता, पर्यटन र पूर्वाधारमा उनको फोकस छ । ‘कोरला नाकादेखि गण्डकी प्रदेशको नवलपुरबाट भारतको सीमासम्म जोडिने सडक प्रदेशको लाइफलाइन हो ।
यसलाई उच्च प्राथमिकतामा राखी चीन र भारत दुबैबीचको व्यापारिक सेतुका रुपमा पोखरालाई जोड्न पहल गर्नेछु,’ उनले भने, ‘गण्डकी प्रदेशलाई जलविद्युत उत्पादनको केन्द्र बनाउने योजनासहित यस क्षेत्रमा भएका जल प्रवाहलाई उच्चतम रुपमा सदुपयोग तथा सौर्य ऊर्जा र उपल्लो हिमाली भेगमा वायु उर्जा उत्पादन गर्नका निमित्त आवश्यक नीति निर्माणमा जोड दिन पहल गर्नेछु ।’
थापाले प्रदेशको एकीकृत पर्यटन विकासका लागि ग्रेटर पोखराको अवधारणाअघि सारेका छन् । उनले त्रिवेणीदेखि मुक्तिनाथ, कालिगण्डकीदेखि बुढीगण्डकी र यस बीचमा पर्ने सबै धार्मिक तथा ऐतिहासिक गन्तब्यहरुको प्रबद्र्धन गर्ने योजना सुनाए । उनले गण्डकीमा बाह्य लगानी भित्र्याउन र निजी क्षेत्रलाई लगानीमा आकर्षित गर्न आवश्यक पर्ने अनुकूल कानुन निर्माण र लगानीको सुरक्षामा विशेष जोड दिने बताए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया