आहा रारा गोल्डकप पुसमा

समाधान संवाददाता २०७९ कार्तिक २४ गते १७:३४

पोखरा ।
२२औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता आगामी पुसमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आहा ! रारा गोल्डकपका लागि पुस १२ देखि २३ सम्मका लागि मिति दिएको सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ (सुरज)ले बताए ।

पोखरा रंगशालामा हुने प्रतियोगितामा विभागीयसहित ‘ए’ डिभिजन क्लब, विदेशीसहित मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखरा टिम सहभागी हुने बाइएको छ । प्रतियोगितामा १२ टिम सहभागी हुने आयोजकले बताएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजकमा हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ रहेको छ । सहारा युकेले उत्कृष्ट ५ विधा, म्यान अफ दि म्याच र मेडलको प्रायोजन गर्नेछ ।
गत संस्करणमा फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै विभागीय टोली एपीएफले पहिलो पटक उपाधि जितेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया