१४१ अस्थायी मतदान केन्द्र
समाधान संवाददाता
२०७९ कार्तिक २५ गते ११:०१

काठमाडौं ।
निर्वाचन आयोगले समानुपातिक निर्वाचनमा मतदान गर्ने अस्थायी मतदाताका लागि मतदान केन्द्र तोकेको छ । आयोगले ७७ जिल्लामा १ सय ४१ वटा अस्थायी मतदान केन्द्र स्वीकृत गरेको छ ।
आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिकमा मतदान गर्ने अस्थायी मतदाताका लागि मतदान केन्द्र कायम गरेको हो ।
आयोगका अनुसार अस्थायी मतदाता नामावलीमा नाम भएका तर मतदान केन्द्रमा नखटिने कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन कसुरमा सजाय पाएका बाहेक अन्य कैदी बन्दीलगायतका लागि अस्थायी मतदान केन्द्र कायम गरेको हो ।
सम्बन्धित








सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
कृषिबाट पर्यटनतर्फ ठिनी
चिप्लेढुंगामा केएफसी सञ्चालन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया