मनाङका कांग्रेस उम्मेदवार गुरुङलाई स्पष्टीकरण

पोखरा ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य मनाङबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका टेकबहादुर गुरुङलाई स्पष्टीकरण सोधेको छ । ‘हेलिकोप्टरमा दलबलसहित गएका टेकबहादुर गुरुङले मतदातालाई धम्काएपछि स्थानीयद्वारा प्रतिकार’ भन्ने विषयको समाचार प्रकाशन भएको सन्दर्भमा आयोगको गम्भीर ध्यानाकर्षण भएकाले गुरुङलाई स्पष्टीकरण पत्र लेखेको आयोगले जनाएको छ ।
स्पष्टीकरणमा कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय, मनाङमा स्वयम् उपस्थित भएर सत्यतथ्य व्यहोरा खुलाई लिखित स्पष्टीकरण पेश गर्न उनलाई अनुरोध गरिएको छ ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १४ मा सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणहरू उल्लेख गरिएको छ । सोही आचारसंहिताको दफा १४ को उपदफा (१) को खण्ड (क) मा ‘निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुईपांग्रे वा तीनपांग्रे वा चारपांग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन र त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न सक्ने तर विदेशी नम्बर प्लेटको सवारी साधनलाई त्यस्तो अनुमति दिइने छैन ।’
उपदफाको खण्ड (ख) माकुनै पदको निर्वाचन प्रचारप्रसारको लागि राजनीतिक दलले खण्ड (क) बमोजिमको प्रक्रिया पूरा गरी सोही बमोजिमको संख्या र प्रकारका सवारी साधन मात्र प्रयोग गर्नुपर्ने व्यवस्था छ ।
आचारसंहिताको दफा १४ को उपदफा (१) को खण्ड (छ) मा ‘राजनीतिक दलले प्रचारप्रसारको लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनु पर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न सक्ने’ भन्ने व्यवस्था छ ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया