विद्यार्थीलाई दुव्र्यवहार गरेपछि ४ शिक्षक निष्कासित

पोखरा ।
पोखराको ‘ला ग्रान्डी कलेज’का ४ शिक्षक विद्यार्थीमाथि दुव्र्यवहारको आरोपमा निष्कासनमा परेका छन् । कलेजका छात्रालाई अश्लील म्यासेज र दुव्र्यवहार गरेको घटना बाहिरिएपछि ४ शिक्षक प्रवेश गौतम, वसन्त श्रेष्ठ, ज्ञानेन्द्र पौडेल र प्रदीप लम्साललाई कलेजले निकालेको हो ।
कलेजले आन्तरिक रुपमा छलफल गरी घटनाबाहिर नल्याउन गुपचुप शिक्षकलाई निष्कासन गरेको हो । ४ शिक्षकले वर्षैदेखि छात्रालाई अश्लील म्यासेज गरेकोमा ती शिक्षकले कलेज प्रशासन र छात्राहरुकै सामु माफी माग्दै गरेको भिडियो बाहिरिएको हो । भिडियोमा छात्राहरुले प्रिन्सिपल किरण केसीलाई घटना सुनाउँदै दोषी शिक्षकलाई कारबाहीको माग गरेका छन् ।
‘सर भएर विद्यार्थीको छातिको साइज सोध्ने ? अहिलेबाट होइन, ४ वर्ष भयो,’ भिडियोमा एक छात्राले भनेकी छन् । ती छात्राले ‘तिम्रो बडी मिलेको छ, तिम्रो ब्वाइफ्रेन्डलाई थाहा नदिई आऊ’ भन्ने गरेको गरेको सुनाइन् । शिक्षकले मेन्टल टर्चर दिएपछि कलेज हाप्ने गरेको ती छात्राले सुनाइन् ।
भिडियोमा शिक्षक ज्ञानेन्द्र र प्रदीपले ‘अहिले जताजतै तिमै डिमान्ड रहेछ’ भन्ने गरेको ती छात्राले बोलेको सुन्न सकिन्छ । शिक्षकको यस्तो क्रियाकलापले आफूलाई मानसिक यातना दिएको ती छात्राले उल्लेख गरेकी छन् । भिडियोमा शिक्षकले गल्ती स्वीकार्दै पटक पटक माफी मागेका छन् ।








रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
पोखरामा गीत सुनाउँदै धनबहादुर
पोखरा र माछापुच्छ्रेमा वृद्धाहरूको गहना लुटपाट : स्कुटर चढेर चोरी गर्ने गिरोहसहित ५ जना पक्राउ
फोहोरलाई मोहोरमा बदल्दै ९ सयलाई रोजगार दिने योजना
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया