५८ युनिट रक्तदान

समाधान संवाददाता २०७९ कार्तिक २७ गते १३:२६

पोखरा ।
२२ औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा ९ पृथ्वीचोकले शनिबार खुला रक्तदान आयोजना गरेको छ । कार्यक्रममा ५८ युनिट रगत संकलन भएको केन्द्रका अध्यक्ष धर्मदत्त आचार्यले जानकारी दिए ।

Advertisement

कार्यक्रममा पोखरा ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले केन्द्रसँगको सहकार्यमा सामुदायिक विकास तथा विकृति विसंगतिको क्षेत्रमा काम गर्ने बताए । वार्षिकोत्सवको सन्दर्भमा संस्थाले पोखरा २७ को सहेंलापाखामा रहेको श्रीकष्ण प्रणामी मन्दिर वृद्ध तथा बाल आश्रमका आश्रितलाई खाद्यान्न वितरण गरेको छ ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र पृथ्वीचोक तथा जिल्ला समन्वय समितिका पूर्व अध्यक्ष लालबहादुर श्रेष्ठ, सेवा केन्द्र माटेपानीका अध्यक्ष मिरा आचार्य, सेवा केन्द्र पृथ्वीचोकका उपाध्यक्ष कमलबहादुर श्रेष्ठ, सचिव उत्तम जोशी सहसचिव तथा कार्यक्रम संयोजक केपी लामिछानेले बोलेका थिए ।

तपाईको प्रतिक्रिया