मदरल्यान्डमा रक्तदान
समाधान संवाददाता
२०७९ कार्तिक २७ गते १६:५५

पोखरा ।
युवा रेडक्रस सर्कल मदरल्यान्ड माध्यमिक विद्यालयको आयोजना तथा क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा शुक्रबार भएको आकस्मिक रक्तदानमा १ सय ३३ युनिट रगत संकलन भएको छ ।
रक्तसञ्चार केन्द्रमा रगतक अभाव भएपछि आकस्मिक रूपमा रक्तदान आयोजना गरिएको विद्यालयका सञ्चार प्रमुख होमनाथ भट्टराईले बताए । नेपाल रेडक्रस सोसाइटी कास्की उपसभापति डण्डराज शर्मा र विद्यालय निर्देशक त्रिभुवन शर्माले संयुक्त रूपमा पहिलो रक्तदाता विद्यालयका प्राचार्य नारायण बराललाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान सुरुआत गरेका थिए ।
कार्यक्रममा शिक्षक, कर्मचारी तथा १० जोड २ मा अध्ययनरत विद्यार्थी ले रक्तदान गरेका थिए ।
सम्बन्धित








चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया