नीति र योजना अनुसार विकासः गुरुङ

समाधान संवाददाता २०७९ कार्तिक २७ गते १७:१०

पोखरा ।
निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनैतिक पार्टीका उम्मेदवार प्रचारप्रसारमा जुटेका छन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की क्षेत्र नं १ (२) का दीपक गुरुङ ‘माइला’ पनि मतदातासँग भेटघाटमा व्यस्त छन् । उनले आफ्नो क्षेत्रका विभिन्न वडा–वडामा पुगेर घरदैलो गरी गठबन्धनको पक्षमा मत मागेका छन् ।

Advertisement

गुरुङ शनिबार पोखरा–१२ का बाँकी रहेका टोलमा घरदैलो कार्यक्रम गरे । उनले देशलाई समृद्ध बनाउने र समृद्धिको बाटोमा देशलाई डोर्‍याउन सके जनता खुसी हुने व्यक्त गरे । उनले विकास निर्माणको नीति बनाएर मुलुकलाई अघि बढाउने मतदातासमक्ष प्रतिज्ञा गरेका छन् ।

पर्यटन पूर्वाधार र रोजगारी, शिक्षा र स्वास्थ्य, कृषि, खानेपानी र सिँचाई, उर्जा तथा जलस्रोत, युवा तथा खेलकुद र महिला तथा बालबालिका क्षेत्रमा बढी काम गर्ने उनले प्रतिवद्धता जनाए ।

‘स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्न मेरो उम्मेद्वारी हो,’ उनले भने, ‘सुशासन, समृद्धि र विकासका लागि तपाईको मतको आवश्यक छ ।’ उनले मतदाताका गुनासा सन्दै निर्वाचित भएपछि विकास निर्माणको काममा ढिलाई नगर्ने प्रतिवद्धता जनाएका छन् ।

‘सडक सञ्जाल नजोडिएको ठाउँमा विकासको पूर्वाधार थप्दै सडकको स्तरोन्नतिमा जोड दिनेछु,’ उनले भने, ‘मेरो क्षेत्रमा मादी गाउँपालिका पर्ने हुँदा त्यहाँको पर्यटन जोड्ने याङजाकोट जोड्ने बाटो, पोखरादेखि सिक्लेस,मिजुरे, ताङतिङ, लिप्यानी, भाचोक, वार्चोक, माझठाना, अर्बा र विजयपुर जोड्ने सडकलाई स्तरोन्नति गर्नेछु ।’

Advertisement

तपाईको प्रतिक्रिया