माउन्ट अन्नपूर्णमा खेलकुद

समाधान संवाददाता २०७९ कार्तिक २९ गते १०:३४

पोखरा ।
पोखरा ३ नदीपुर स्थित माउन्ट अन्नपूर्ण माविले वार्षिक कार्यक्रम अन्तर्गत सोमबारदेखि विविध खेलकुद प्रतियोगिता आयोजना गरेको छ । म्यानेजमेन्ट तथा होटल म्यानेजमेन्ट संकायमा अध्यनरत कक्षा ११ र १२ का विद्यार्थीबीच अन्तर सेक्सन प्रतियोगिता भएका हुन् ।

कार्यक्रममा बास्केटबल, भलिबल, ब्याडमिन्टन र टेबलटेनिस गरी ४ विधाका खेल समावेश छन् । प्रतियोगिता बुधबारसम्म चल्नेछ । उद्घाटन कार्यक्रममा नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष तेजबहादुर गुरुङले मानव जीवनमा अध्ययन जस्तै खेल पनि अपरिहार्य हुने बताए । उनले खेलकुदले जीवनमा सकारात्मक परिवर्तन ल्याउने उल्लेख गरे ।

मास खेलकुद क्लबका अध्यक्ष कक्षा १२ की छात्रा अनिसा महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा क्लबकी सचिव शुभिक्षा हमालले पनि बोलेकी थिइन् । पहिलो दिनको खेलमा भलिबल ब्वाइजतर्फ ७ र गर्लतर्फ १ खेल, बासकेटबल ब्वाइजतर्फ ६ र गर्लतर्फ १ खेल र टेबलटेनिसमा ब्वाइजतर्फ २ खेल भएको जानकारी विद्यालयमा एकाडेमिक डाइरेक्टर अशोक शाहीले दिए ।

Advertisement

तपाईको प्रतिक्रिया