अवस्था बदलेर उत्साह भर्छुः मीना

पोखरा ।
यसपालिको चुनावमा मत माग्न जाने सबैले सामना गर्नुपर्ने प्रश्न होः दल र नेताले काम गरेनन्, जनताको अवस्था बदलिएन । नेकपा एमालेबाट कास्की २ (२)मा उम्मेदवार बनेकी मीना गुरुङलाई पनि सोमबार केही मतदाताले यस्तो गुनासो गरे ।
आक्रोश मिश्रित गुनासो राखेका मतदातालाई उनले विगतमा आफूले गरेका कामको फेहरिस्त सुनाइन् ।
उनले भनिन्, ‘म यो क्षेत्रका जनताका समस्याबारे परिचित छु, समाधानको खाँका पनि बनाएकी छु । विगतमा अरुले दिएका आश्वासनको उत्तर त म दिन सक्दिनँ, यत्ति भन्छु, यसपालि मत दिनुस्, तपाईहरुको आक्रोश र गुनासो उत्साहमा परिवर्तन गर्छु ।’
उनले लोकतन्त्रमा स्वतन्त्र उम्मेदवार र युवाको आकर्षणलाई स्वागत नै गर्नुपर्ने बताउँदै राजनीतिक दलरहित लोकतन्त्र कल्पना नहुने उल्लेख गरिन् ।
एमाले नेतृत्वमा गण्डकी र संघ सरकार हुँदा दुवैतिर जग राख्नेदेखि राष्ट्रिय महत्वका योजना सुरु भएको उनले उल्लेख गरिन् । ‘बीचमा सरकार ढल्यो, सँगसँगै हाम्रा योजना पनि रोकिए ।
अबको चुनावपछि हाम्रो सरकार बन्छ तर हामी त्यस्तो खालको पूर्वाग्रही राजनीति गर्दैनौं ।’ पार्टीको प्रतिवद्धता र अगाडी सारेका विकासका योजना र नीतिहरु नै जितका आधार भएको उनको भनाइ छ ।
पोखरा १६ मा एमालेको निर्वाचन परिचालन कमिटीले आयोजना गरेको घरदैलोमा उनले एमाले पार्टी नयाँ सोच, विचार र एजेन्डासहित चुनावी मैदानमा उत्रिएकाले गण्डकीमा अबको सरकार एमालेले नै बनाउने दाबी गरिन् ।
प्रदेशमा उत्कृष्ट नीति ऐन बनाउने र देशमै राजगारीको अवसर सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्रको खाका एमालेसँग मात्र भएको उनको भनाइ छ ।









लक्ष्मी ग्रुपको ५२औं स्थापना दिवसमा २१ कर्मचारी सम्मानित
‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया