जनताको साथ, हाम्रो तागतः कार्की

पोखरा ।
नेकपा एमालेको तर्फबाट कास्की २(१) का उम्मेदवार भीमबहादुर कार्कीले जनताको साथ नै आफ्नो पार्टीको ताकत र जितको आधार भएको बताएका छन् । उनले देशको तीव्र विकास र समृद्धि आफ्नो एकमात्र स्वार्थ भएको जनाए ।
एमाले केन्द्रीय सदस्यसमेत रहेका कार्कीले समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न आफू योजना र कार्यान्वयनको उपायसहित निर्वाचनमा सामेल भएको उल्लेख गरे । सोमबार मतदातामाझ कार्कीले भने, ‘जहिले पनि एमालेले सम्भव सपना देख्यो र तिनीहरुको सार्थक परिणाम पनि देखिइसकेको छ, अब पनि आफ्नो घोषणापत्रमा समृद्धिको अभियान उल्लेख गरेका छौँ ।’
राष्ट्रिय स्वाधीनता रक्षासहित उज्यालो प्रदेश र क्षेत्र निर्माण गर्दै समृद्धिका सबै पूर्वाधारको उत्कृष्टतापूर्वक निर्माणमा लाग्ने उनको प्रतिवद्धता छ । ‘जनताको जगमा उभिएको पार्टी हो, जनताको आशा र विश्वासलाई भरोसामा बदल्ने छु,’ उनी भन्छन् ।
उनले नागरिक निरोगी भएमात्रै देश समुन्नत हुने भन्दै आफ्नो पार्टीले हाम्रो नेपालः निरोगी नेपालको अवधारणा सहित मर्यादित श्रम सुरक्षित रोजगारी, कृषि भूमिमा पानी, सिँचाइमा लगानी, स्वस्थ सुन्दर र व्यवस्थित पालिकाको अवधारणाअघि सारेको बताए ।









कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
कृषिबाट पर्यटनतर्फ ठिनी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया