रामचन्द्रलाई प्रधानमन्त्री बनाउने प्रचण्डको इच्छा

समाधान संवाददाता २०७९ कार्तिक २९ गते १७:०२

पोखरा ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको प्रधानमन्त्री बन्ने संभावना रहेको बताएका छन् । तनहुँ क्षेत्र नम्बर १ का सत्तारुढ गठबन्धनका उम्मेदवार पौडेलको चुनावी सभामा पुगेका प्रचण्डले तनहुँबाट चुनाव जिताएर पठाए उनको प्रधानमन्त्री हुने संभावना रहेको बताएका हुन् ।

Advertisement

‘रामचन्द्रजीको ईच्छा र चाहना हामीलाई थाहा छ, जिताउनुभयो भने उहाँको प्रधानमन्त्री बन्ने सम्भावना छ ।’ उनले भने । गठबन्धनको तर्फबाट तनहुँ क्षेत्र नं. १ को प्रदेश सभा २ का उम्मेदवार माओवादी नेता हरिबहादुर चुमानलाई जिताएमा गण्डकी प्रदेशको मुख्यमन्त्री बनाउने समेत प्रचण्डले बताए ।

अघिल्लो निर्वाचनमा तत्कालीन नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ किसान सँग हारेका पौडेल यसपटक पौडेल सत्ता गठबन्धनको साझा उम्मेदवार छन् ।

तपाईको प्रतिक्रिया