मुस्ताङको फल्याकमा ७६ वर्षीय गुरुङ एमालेमा प्रवेश
समाधान संवाददाता
२०७९ कार्तिक २९ गते २०:५९

पोखरा ।
मंसिर ४ गते हुने प्रतिनिधि प्रदेशसभा निर्वाचनको मिति नजिकिदै गर्दा मुस्ताङमा एमाले प्रवेश गर्ने लहर बढेको छ । निर्वाचनका लागि घरदैलो अभियानमा वारागुङ मुक्तिक्षेत्र–५ फल्याक पुगेका प्रतिनिधि सभा उम्मेदवार प्रेमप्रसाद तुलाचन र मुस्ताङ प्रदेश ख का उम्मेदवार एवं पार्टि जिल्ला ईञ्चार्ज चन्द्रमोहन गौचनले ७६ वर्षीय टशी गुरुङलाई पार्टि प्रवेश गराएका हुन् ।
कांगे्रेसका पुराना र पाका सदस्य रहेका गुरुङ निर्वाचनको सम्मुखमा कांग्रेस परित्याग गरी नेकपा(एमाले)मा प्रवेश गरेको पार्टि जिल्ला ईञ्चार्ज गौचनले जानकारी दिए । यसअघि २०७४ को प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट चुनावमा उठेका मिक्यूर गुरुङलाई प्रदेश क उम्मेदवार ईन्द्रधाराच बिष्टले एमालेमा पार्टि प्रवेश गराएका थिए ।
गुरुङ र बिष्ट २०७४ प्रदेश क मा संगसंगै चुनाबमा उठेका थिए ।
सम्बन्धित









कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया