पोखरालाई खेलकुदको सहर बनाउने प्रतिवद्धता

पोखरा ।
कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारले पोखरालाई खेलकुदको राजधानी बनाउने प्रतिवद्धता जनाएका छन् । खेल पर्यटनको माध्यमबाट पोखरालाई खेलकुदको राजधानी हिरको रुपमा विकास गर्न पहल गर्दै अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने गठबन्धनको प्रतिवद्धता छ ।
मौजाको हाइ अल्टिट्युड खेल मैदान सम्पन्न गर्न अग्रसरता लिने कास्की २ का प्रतिनिधिसभाका उम्मेदवार श्रीनाथ बरालले बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपश्चात अहिलेको विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र एवं अन्तराष्ट्रिय स्तरको बोटानिकल गार्डेन निर्माण, फ्लाइङ स्कुल जस्ता परियोजना चलाउनु उपयुक्त हुने एकीकृत समाजवादीका नेतासमेत रहेका बरालले जनाए ।
पोखरा ल्यान्डफिल्ड साइडलाई व्यवस्थापन गरी निर्माणको अन्तिम अवस्थामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई यथाशक्य छिटो सञ्चालन गर्न विशेष पहल गरिने उनीहरुले प्रतिवद्धता जनाएका छन् । पृथ्वीचोकमा सिटी बसपार्क, लामेआहालमा आधुनिक बसपार्क र छोरेपाटन एवं हेमजामा इन्ट्रान्स बसपार्क बनाउन पहल गर्ने प्रतिवद्धतामा उल्लेख छ ।
पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग तथा पोखरा बाग्लुङ राजमार्गको स्तरोन्नति गरी प्रभावितलाई उचित मुआब्जा दिलाउन पहल गर्नुका साथै पुष्पलाल मध्यपहाडी लोकमार्ग एंव कोरोला जोमसोम देखी त्रिवेणी भैसालोटन सम्मको निर्माणाधन् लोकमार्गलाई छिटो सम्पन्न गर्न पहल गर्ने उनीहरुको वाचा छ ।
केरुङ पोखरा लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन गरी डिपिआर बनाई निर्माण कार्य गर्नका लागि सम्बन्धित निकायमा पहल गर्ने र काठमाण्डौ–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक बनाउन पहल उनीहरुले प्रतिवद्धता जनाएका छन् ।
पोखरा क्षेत्रमा चक्रपथ निर्माण एंव बाहिरी चक्रपथको अध्ययन सुरु गर्न पहल गरिने कास्की कास्की २ (१)का गठबन्धनका उम्मेदवार विश्वप्रकाश लामिछानेले बताए । भरतपोखरी, निर्मलपोखरी, कृस्ती हुँदै कुभिन्डेसम्मको वैकल्पिक राजमार्ग सक्न पहल गर्ने उनको योजना छ ।
ट्राफिक व्यवस्थापनको लागि बहुआयामिक सुविधासम्पन्न पार्किङ स्थल निर्माण, निजी साझेदारीमा बेसमेन्ट पार्किङ साञ्लन गर्ने महानगरीय योजनालाई सहयोग गर्ने घोषणा पत्रमा उल्लेख छ । खानेपानी प्रणालीलाई बहुसरोकारवाला परियोजना मार्फत व्यवस्थित गरी सबै गाउँ बस्ती र नागरिकसम्म प्रर्याप्त र गुणस्तरिय खानेपानीको सहज पहुँच पुर्याउने गठबन्धनको प्रतिवद्धता छ ।
तपाईको प्रतिक्रिया