अबको लडाईँ गरिबीविरुद्धः मनबहादुर
समाधान संवाददाता
२०७९ कार्तिक ३० गते ११:१०

पोखरा ।
नेकपा एमाले कास्की क्षेत्र नम्बर १ उम्मेदवार मनबहादुर गुरूङले अबको लडाईं गरिबी अन्त्य गर्ने भएको बताएका छन् । मंसिर ४ गते हुने निर्वाचन केन्द्रित प्रचारप्रसार कार्यक्रम अन्तर्गत पोखरा २९ मा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
नेकपा एमालकोे कास्की जिल्ला अध्यक्षसमेत रहेका उनले देशमा राजनीतिक परिवर्तन आइसकेको र अब विकास र समृद्धिका लागि काम गर्ने बेला भएको उल्लेख गरे ।
तर, केही तत्व प्राप्त उपलब्धिलाई उल्ट्याउने खेलमा रहेको हुँदा जनता सचेत बन्नुपर्ने उनको भनाइ छ । ‘राजनीतिक परिवर्तन भयो । अब विकास र समृद्धिका लागि काम गर्न मेरो उम्मेदवारी हो,’ उनले भने ।
सम्बन्धित
तपाईको प्रतिक्रिया