निर्वाचन विशेष
रोजगारी सिर्जना र पर्यकीय विकासमा लाग्छु

ठूलो संघर्ष र बलिदानले देशमा संघीय लोकतान्त्रिक व्यवस्था आएकाले यसलाई संस्थागत गर्न, कानुनी राज्यको रुपमा विकास गर्न मेरो भूमिका हुन्छ । पछिल्लो समय देशमा आर्थिक संकट देखिँदै गएकाले मेरो निर्वाचन क्षेत्रका सीमित स्रोतसाधनलाई अधिकतम प्रयोग गर्ने र राजस्वको दायरा बढाउने मेरो योजना छ ।
यहाँ रहेका जनताका माग सुन्न घरदैलो कार्यक्रममा सहभागी भइरहेको छु । उहाँहरुका गुनासालाई सम्बोधन गर्ने गरी प्रतिनिधिसभाको रोस्टमबाट यो क्षेत्रका सम्भावना, माग र पूर्वाधार निर्माणका लागि पहलकदमी गर्छु ।
साथै सुखी नेपाली समृद्ध नेपालको नारा अनुसार मेरो निर्वाचन क्षेत्रमा बेरोजगार अन्त्य गर्ने, बढीभन्दा बढी रोजगारी सिर्जना गर्ने र यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न मेरो भूमिका हुन्छ । हिजो प्रदेशसभा सदस्य हुँदा सुरु गरेका कतिपय काम छन् ।
ती कामलाई पूरा गर्दै आगमी योजना अनुसार समाजका विकृति अन्त्य गर्दै जनचेतना फैलााउने, शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकासका लागि यो क्षेत्रमा अस्पताल र रंगशाला निर्माणका पहल गर्नेछु ।
मेरो निर्वाचन क्षेत्रमा पोखरामा रहेका ९ तालमध्ये ७ वटा ताल छन् । ती ताललाई संरक्षण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने साथै गरिब र भूमिहीनलाई लालपुर्जा उपलब्ध पहल गर्न प्रतिवद्धता व्यक्त गर्छु ।
प्रकृतिको अनुपम सम्भावना रहेको कास्कीको ताङतिङलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरी यहाँ रहेका नदीनालामा हाइड्रोपावर बनाउने र रोजगारी सिर्जनासँगै बिजुली उत्पादनको हब बनाउने मेरो योजना छ । मेरो क्षेत्र लेखनाथ पौडेल जन्मेको क्षेत्र हो । यो क्षेत्रमा साहित्यको विकास पनि गर्छु ।
मेरो क्षेत्रमा पर्ने पृथ्वी राजमार्ग चक्ल्याउने काम छिटोभन्दा छिटो पूरा गर्न र विजयपुर खोलाको छिटोभन्दा छिटो विकल्प दिन सक्छु भनेर मैले उम्मेदवारी दिएको छु । पोखराको पनि मेरो निर्वाचन क्षेत्रमा सुन्दर ठाउँहरु छन्, यो क्षेत्रमा वैज्ञानिक कृषि प्रणाली लागु गर्दै प्राविधिक शिक्षा सुरु गर्ने मेरो योजना छ । यी सबै कुराहरु यहाँका जनताको साथ अत्यावश्यक छ । यस कारण माथिका कुराहरु पूरा गर्न मैले निर्वाचन जित्नुपर्छ ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया