निर्वाचन विशेष
शिक्षा, कृषि र पर्यटन सुधार मेरो प्राथमिकता

मुलतः मुलुकको संसदीयमा विशेष गरेर संसद भवनभित्र देखिने विकृतिहरु छन् । संसद भनेको कानुन निर्माण गर्ने महत्वपूर्ण थलो हो । सरकारलाई गाइड गर्ने थलो पनि हो । त्यो गर्नुपर्ने थलोमा त्यो भएका छैनन् ।
गुणस्तरीय बहस, छलफल नहुने त्यसलाई खाली भत्ता खाने ठाउँमात्र बनाउने, पार्टीहरुले ल्याएका सामान्य प्रस्तावहरुलाई अनुमोदन गराउने भन्दा बाहेक एकाध सांसद देखिएन । त्यसैले गर्दा संसद र सांसदहरुप्रति नै जनताको सम्मान भाव हराएर गएको छ ।
कानुन बनाउने थलो, राज्यको नीति निर्माण गर्ने थलो कमजोर हुँदा राज्यका अरु निकाय स्वाभाविक रुपमा कमजोर हुने भए । त्यसलाई व्यवस्थित गर्ने एउटा कुरा छ ।
शिक्षा, कृषि र पर्यटनको सुधार मेरो पहिलो प्राथमिकतामा छन् ।
म संसदभित्र दबाब सिर्जना गर्ने, सो अनुरुपका कानुन बनाउने र त्यसलाई राष्ट्रिय दबाब सिर्जना गर्ने छु । वर्तमान शिक्षा प्रणालीबाट देशको विकास हुन सक्दैन भन्ने नै मेरो ठम्याइ हो । मेरो लामो शिक्षण पेसाको अनुभवले त्यसै भन्छ ।
यसलाई कसरी सुधार गर्ने भने भइराखेको शिक्षामा उद्यमशीलताको पाठ्यक्रम थप्नुपर्छ । प्रेम, सद्भाव बढाउने खालको पाठ्यक्रम बनाउनुपर्छ र त्यो खालको शिक्षा विधि अपनाएर शिक्षालाई सुधार गर्न सकिन्छ भन्ने स्पष्ट दृष्टिकोण मसँग छ ।
शिक्षालाई कृषिसँग पनि जोड्नुपर्छ । शिक्षालाई पर्यटनसँग पनि जोड्नुपर्छ । उद्यमशीलता भन्ने बित्तिकै कृषिभित्र पनि उद्यमशीलता पर्छ । पर्यटनसँग पनि उद्यमशीलता पर्छ ।
पर्यटन भन्ने बित्तिकै पर्यटनसँग जोडिएका सम्पूर्ण कुरालाई अभियानका रुपमा विकास गर्नुपर्छ भन्ने नै मेरो मूल उद्देश्य छ ।
त्यसका लागि मान्छे कृषि र पर्यटनमा लाग्न शिक्षामा सुधार ल्याउन कानुनमा सुधार ल्याउनुपर्यो । नयाँ खालको कानुनको व्यवस्था हुनुपर्यो । त्यो भनेको संसदबाटै गर्ने चिज हो । कास्की जिल्लाको हकमा कास्कीलाई राजनीतिक परिचय स्थापित गराउने भन्ने मेरो एउटा लक्ष्य छ ।
तपाईको प्रतिक्रिया