निर्वाचन विशेष

गण्डकी प्रदेश र पोखराको विकासका लागि भोट

समाधान संवाददाता २०७९ मंसिर १ गते १३:२९

२०३०/३१ सालदेखि नै देशभक्तिका झण्डा उठाउँदै आएको छु । कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउँदै देशभक्तिको बाटो बनाउने महत्वपूर्ण अभियानमा छु । सुस्तादेखि महाकाली सन्धिसम्मका मुद्दामा आवाज उठाउँदै आएको छु । विदेशी फौज नेपालबाट हट्नुपर्छ भनेर संसदमा संकल्प प्रस्ताव राख्ने म एकमात्रै सांसद भएको कुरा सबैलाई थाहा छँदैछ ।

Advertisement

म विकास निर्माणसँग पनि जोडिएको छु । त्यो पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट र पोखरा रंगशालाले भन्छ । रुपा बाँध परियोजनाले भन्छ । मादी करिडोरले भन्छ । केन्द्रमा पहुँच पु¥याउन मैले सबैको सहयोगले कोसिस गरिरहेको छु । भ्रष्टाचार विरोधी अभियानमा सधैं छु । राजस्व चुहावट छानबिन समितिमा रहेर पनि भ्रष्टाचार उधिनेको छु ।

अर्थमन्त्रीले व्यापारीका प्रतिनिधि लगाएर करका दर हेरफेर गरेको विषयमा छानबिन गर्न नेतृत्वदायी भूमिका खेलेको छु । विश्व स्वास्थ्य संगठनमा जुन पहल गरें, त्यसबाट कोभिडको खोप ल्याउन मद्दत पुग्यो । स्वास्थ्य मन्त्रालय सम्हाल्दा स्वास्थ्य बिमा लगायतका युगान्तकारी काम भए । १ हजार २ सय जति दरबन्दी एकैपटक व्यवस्था गर्न सफल भए । केही दिन भए पनि गृह मन्त्रालय सम्हाल्दा सुशासनका लागि काम गरेँ ।

पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकारले राम्रो काम गरेको थियो । अहिलेचाहिँ बाबुआमाको श्राद्ध गर्नेमात्रै सरकार भएको छ । समग्र गण्डकी प्रदेश र पोखराको विकासका लागि अनि सुशासन र स्वच्छ छविका लागि राजनीतिकर्मीहरुमध्ये मलाई जनताले रोज्नुहुन्छ भन्ने विश्वास छ ।

Advertisement

तपाईको प्रतिक्रिया