निर्वाचन विशेष
हिन्दू राष्ट्र निर्माण र भ्रष्टाचार उन्मूलन मेरो प्रमुख चुनावी एजेण्डा

मैले राजनीति गरेको ५२ वर्ष भयो । मैले जुन आदर्श, मूल्य र मान्यताको राजनीति गरे त्यो आदर्श नेतामा देखिन । सत्तामा जाने, प्रधानमन्त्री वा मन्त्री बन्ने र कमाउने मात्र छ । त्योभन्दा अर्को केही देखिनँ । पार्टीमा जुन योगदान गरें, त्यो अझै पार्टीमा बाँकी रहेको भए सहन्थें । अहिले सबै समाप्त भयो र पार्टी एउटा व्यापारीले व्यापार गरेजसरी कमाउनका लागि प्रयोग भएको छ ।
मेरो उम्मेदवारी त्यसको खिलाफमा पनि हो । यो पार्टीमा गणेशमानले पनि रोएर छोड्नुभो, कृष्णप्रसाद भट्टराईले पनि छोड्नुभयो । त्यसै छोड्नुभएको त होइन नि ! उहाँहरूले नै बनाएको पार्टी थियो र त छोड्नुभो । मैले विद्रोह गर्नु नै उचित ठानें । मानिसहरूले बालेनलाई यो मधेशीले कहाँ जित्छ भनिएको थियो ।
धरानमा हर्क साम्पाङलाई कसले जित्छ भनेको थियो । जसले जनताको मनोभावना बुझेको छैन, उसले हो हार्छ भन्ने । जसले अहिलेको युवा र युवाको विचार बुझेको छैन, उसले हो हार्छ भन्ने । म त जनताकै बीचमा छु, २०५२ सालदेखि यहीं काम गरिरहेको छु । यहाँ रूख चुनाव चिह्न पनि छैन । वर्षौं कांग्रेसमा बिताएको व्यक्तिले पुतली चिह्नमा मत हाल्नेछन् ।
मंसिर ४ गतेपछि रिजल्ट हेर्नुहोला, मैले चुनाव जित्छु । हिन्दू राष्ट्र निर्माण र भ्रष्टाचार उन्मूलन मेरो प्रमुख चुनावी एजेण्डा हो । जनताको दैनिकीसँग जोडिने विकासका कुरा त भइहाले । चुनावको नतिजा आइसकेपछि पनि म हिन्दू राष्ट्रको पक्षमा आवाज उठाउनेछु, पार्टी भित्र र बाहिर मौलाएको भ्रष्टाचार विरुद्ध बोलिरहन्छु ।
तपाईको प्रतिक्रिया